आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

तनहुँमा कांग्रेसले भब्य शक्ति प्रदर्शनसहित पौडेलले पुल उद्घाटन गर्ने

तनहुँमा कांग्रेसले भब्य शक्ति प्रदर्शनसहित पौडेलले पुल उद्घाटन गर्ने

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 6.0K
    SHARES

  • तनहुँमा कांग्रेसले भब्य शक्ति प्रदर्शनसहित पौडेलले पुल उद्घाटन गर्ने

    काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उदघाटन गर्ने तय भएर रोकिएको पुल उद्घाटन बिहीबार हुने भएको छ।

    तनहुँ व्यास नगरपालिका १,१० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने तय भएको थियो। सत्तारुढ दलका कार्यकर्ताले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।

    प्रशासनले निषेधाज्ञा जारी गरेकै समय पौडेलले उद्घाटन गर्ने गरि अघि बढेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। कांग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गर्न लागेको हो।

    कांग्रेसले तनहुँमा शक्ति प्रदर्शनसमेत गर्ने भएको छ। जिल्लाभरबाट कार्यकर्ता दमौलीमा उतारेर पुल उद्घाटनमा सहभागिता बढाउन लागिएको छ।

     केन्द्रीय नेतासहितको जुलुस पुल बनेको स्थानमा पुगेर सभासहित उद्घाटन गरिने भएको छ। दुई करोड ५४ लाख रुपैयाँ लागतमा गत साल पुल निर्माण सकिएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend