आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेल भन्छन् – पुलिसको पेलानले करङको दुखाई हिजो भन्दा आज बढी भयो

रामचन्द्र पौडेल भन्छन् – पुलिसको पेलानले करङको दुखाई हिजो भन्दा आज बढी भयो

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 4.8K
    SHARES

  • रामचन्द्र पौडेल भन्छन् – पुलिसको पेलानले करङको दुखाई हिजो भन्दा आज बढी भयो

     काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेलको छातिमा चोट लागेको छ। तनहुँ पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता पौडेल गएपछि संघीय बजेटमा बनेको पुल भन्दै नेकपाका नेता कार्यकर्ताले पौडेललाई अवरोध गरेका थिए। कांग्रेस र नेकपाका कार्यकर्ताबीचको विवादले झडपको रुप लिने अवस्था भएपछि तनहुँ प्रशासनले निषेधाज्ञा नै जारी गरेको थियो।

    निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न हिँडेका पौडेललाई निषेधाज्ञा तोडेको भन्दै गिरफ्तार गरेको थियो। गिरफ्तारको क्रममा पौडेलको छातिमा चोट लागेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

    ‘छातिमा चोट लागेको छ। केही सुन्निएको पनि छ। रातो डाम बसेको छ,’ अधिकारीले भने,‘पाँच दिनलाई दुखाई कम गर्ने औषधी यहीँ चिकित्सकले दिए त्यो खाँदै हुनुहुन्छ।’ प्रहरी हिरासतबाट रिहा भएलगत्तै पौडेललाई उपचारको लागि दमौलीको रत्नहरि अस्पताल लगिएको थियो। पौडेललाई हिजो तीन घण्टा हिरासतमा राखेको थियो।

    वरिष्ठ नेता पौैडेलले पनि ट्वीटरमा लेखेर करङको दुखाई बढेको जानकारी दिएका छन्। ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ,’ उनले लेखेका छन्, ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend