आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तनहुँमा प्रहरीले लछारपछार पार्दा रामचन्द्र पौडेलको छातिमा चोट

तनहुँमा प्रहरीले लछारपछार पार्दा रामचन्द्र पौडेलको छातिमा चोट

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 4.9K
    SHARES

  • तनहुँमा प्रहरीले लछारपछार पार्दा रामचन्द्र पौडेलको छातिमा चोट

    काठमाडौं – कांग्रेस नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्दा उनको छातीमा चोट लागेको छ । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले प्रहरीले नियन्त्रणमा लिंदा पौडेलको छातीमा चोट लागेको जानकारी दिए । ‘छुटेलगत्तै दमौलीको रत्नहरि अस्पताल पुगेर छातीको एक्सरे गराउँदा हड्डी भाचिएको देखिएन ।

    तर, प्रहरीले धरपकड गर्दा लठ्ठीले घोच्दा छातीको मासु थिलथिलिएर घाउ भएको रहेछ’ पौडेलका स्वकीय सचिव अधिकारीले भने, ‘डाक्टरले दुखाई कम गर्ने औषधी पाँच दिनलाई खान भनेका छन् । तर उहाँ बोल्न पनि नसक्ने हुनुभएको छ ।’ छातीमा बाहिरबाटै देखिने घाउ लागेको उनले जानकारी दिए । हिजो तनहुँको व्यास नगरपालिका १ मा पुल उद्घाटन गर्न जाँदा पौडेलललाई प्रहरीले पक्राउ गरेको थियो ।

    पुल उद्घाटनका विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद भएको थियो । दुई पक्षबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा नै जारी गर्नुपरेको थियो । तनाव भएपछि बुधबार मध्यान्ह् १२ बजेदेखि साँझ ६ बजेसम्मलाई कफ्र्यू नै लगाएको थियो । निषेधाज्ञाबीच पौडेल उद्घाटन गर्न गएकोले उनलाई नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ । पक्राउपछि पौडेललाई तीन घण्टा नियन्त्रणमा लिएर छोडिएको थियो । आफूलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप पौडेलले लगाएका छन् ।

    पौडेलले आफ्नो पहलमा भएको निर्माणको उद्घाटन गर्न जान नदिएर सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप उनको छ । जनताको बीचमा दलहरुलाई जान नदिएर सरकारले लोकतन्त्रविरोधी कार्य गरेको भन्दै पौडेलले आफूलाई घटनाको निन्दा गरेका छन् । व्यास नगरपालिकामा कांग्रेसले जिते पनि प्रतिनिधिसभामा नेकपाका किसान श्रेष्ठले जितेका थिए । आफूहरुले जितेको ठाउँमा कांग्रेसले धावा बोलेको नेकपा समर्थित युवा संगठनको आरोप छ ।

    पौडेललाई पक्राउ गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका थिए । पौडेल पक्राउ परेको केहीबेरमै देउवाले प्रधानमन्त्री केपी ओलीलाई फोन गर्दै पक्राउ गरेकोमा आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका थिए । नेविसंघले विभिन्न स्थानमा सडकमा प्रदर्शन नै गर्यो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend