काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरी दमनको अहिले देशव्यापी विरोध भइरहेको छ । आफ्नै गृहजिल्ला तनहुँमै नेता पौडेलले यस्तो दुःखद घटनाको सामना गर्नुपरेको हो ।
पौडेलकै पहलमा तनहुँका नदीमा पुल निर्माण भएको थियो । सो पुल उद्घाटन गरिदिन निमन्त्रणा आएपछि पौडेल काठमाडौंबाट तनहुँ पुगेका थिए ।
पुल उद्घाटन गर्दा पौडेलको हाइहाइ हुने भयले नेकपाका नेता तथा प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठको निर्देशनमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको रहस्य खुलेको छ ।
अर्बपति सांसद श्रेष्ठ सांसद अपहरण काण्डका नाइके समेत हुन् । पहिलो लकडाउनको समयमा श्रेष्ठ, महेश बस्नेत, सर्वेन्द्र खनालले जनता समाजवादी पार्टी (जसपा) सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर काठमाडौं ल्याएका थिए । जसपा पार्टी फुटाउने उद्धेश्यका साथ अपहरण भएको रहस्य खुल्दा समेत श्रेष्ठमाथि कुनै कारवाही भएको थिएन ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली निकट भएकाले गम्भीर अपराधका मुद्दामा मुछिँदा समेत श्रेष्ठले उन्मुक्ति पाउँदै आएका छन् । ओली सरकारकै आडमा श्रेष्ठले पौडेल सहभागी कार्यक्रम रोक्ने नियतले प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अधिकार दुरुपयोग गराउँदै निषेधाज्ञा जारी गराएको स्थानीय कांग्रेस नेताहरूको आरोप छ ।
प्रशासनले राजनीतिक स्वार्थ र षड्यन्त्रपूर्वक निषेधाज्ञा जारी गरेपछि वरिष्ठ नेता पौडेल आक्रोशित बनेका थिए । उनले निषेधाज्ञाकै बीचमा उद्घाटन कार्यक्रम गर्न खोजेपछि प्रहरी पक्राउ गरेको थियो । यी सबै घटनाक्रमका पछाडि सांसद श्रेष्ठको स्वार्थ देखिएको नेताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।