बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
नेकपा बिबाद

बैठकमै तँ तँ र म म गरेपछि ओली र प्रचण्ड फेरि किन सँगै बस्ने ?

बैठकमै तँ तँ र म म गरेपछि ओली र प्रचण्ड फेरि किन सँगै बस्ने ?

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 4.8K
    SHARES

  • बैठकमै तँ तँ र म म गरेपछि ओली र प्रचण्ड फेरि किन सँगै बस्ने ?

    काठमाडौं - प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ । तीन वर्षअघि यो देशलाई कायापलट गर्छु भनेर सँगै नारिएका ओली र प्रचण्ड अहिले झन्डै नदीको दुई किनारा बन्न सक्ने अवस्थामा आइपुगेका छन् ।

    ओली पार्टी अध्यक्षका साथै प्रधानमन्त्री पनि हुन् । उनका बारेमा अरुले के बोल्यो ? कसरी बोल्यो ? भन्ने कुराले धेरै अर्थ राख्छ । मंगलबार रातिदेखि ओलीको अवस्था निम्छरो रहेको प्रचण्डले ‘तपाई को हो र मेरो प्रस्तावमाथि छलफल हुँदैन भनेर बोल्ने ? तपाईसँग मैले किन माफी माग्ने ?’ जस्ता प्रचण्डले दिएको जवाफले देशकै कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीको साख गिरेको छ ।

    अबदेखि पार्टीको बैठकमै जान्न भनेर उठेर हिँडेका ओली फेरि प्रचण्डसँग एउटै पार्टीमा कसरी रहन सक्लान् ? भन्ने जिज्ञासा उठ्न थालेको छ । ओलीलाई नजिकबाट चिन्नेहरु उनी निकै मुडी स्वभावको रहेको र बदलाको भावना राख्ने नेता भएकाले उनले चाँडै गम्भीर डिसिजन लिन सक्ने बताउँछन् ।

    तर, मंगलबारदेखि सचिवालय बैठकमा ओली एक्लो बनेका छन् । आफूसँग रहेका चार सदस्य पनि गुमाएपछिको रनाहामा उनले जुनसुकै बेला राजनीतिक निर्णय लिन सक्ने कुराले बजार तताएको छ ।

    तर, प्रतिनिधिसभामा अर्को प्रधानमन्त्री बन्न सक्ने अवस्था हुँदाहुँदै चुनावमा जान नसक्ने संविधानमा व्यवस्था भएकाले ओलीले तत्कालका लागि ‘लु हेरौं न त भनेर प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गर्ने र पार्टीमा विवाद बढाएर आफू टिकिरहने’ फर्मुला पनि अपनाउन सक्ने अनुमान गर्न थालिएको छ ।

    दल विभाजन गर्नेसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारी नै यसपटक बाधक बनेकाले ओली निकै अप्ठेरोमा परेका छन् । अबको स्टेप चाल्न उनलाई राष्ट्रपतिको सहयोग चाहिन्छ ।

    तर, राष्ट्रपति भण्डारी यसपटक आफैं आफ्नो कुर्सी जोगाउने अवस्थामा पुगिसकेकी छन् । अलिकति तलमाथि भयो भने उनलाई हटाएर झलनाथ खनाल राष्ट्रपति बन्न तम्तयार भएर बसेको नेकपा नेता कार्यकर्ताहरु नै बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend