बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

ओलीको रवैयाविरुद्ध यसरी उत्रिए पूर्व माओवादी मन्त्रीहरू, मन्त्रिपरिषद् बैठकमै धक्का !

ओलीको रवैयाविरुद्ध यसरी उत्रिए पूर्व माओवादी मन्त्रीहरू, मन्त्रिपरिषद् बैठकमै धक्का !

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 17.0K
    SHARES

  • ओलीको रवैयाविरुद्ध यसरी उत्रिए पूर्व माओवादी मन्त्रीहरू, मन्त्रिपरिषद् बैठकमै धक्का !

    काठमाडौं - सत्तारुढ नेकपामा देखिएको विवादको असर सरकारमा समेत देखिन थालेको छ । प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालनमा सक्रियता देखाउन सकेका छैनन् ।

    मन्त्रीहरु पनि आफ्नो परफरमेन्समा कमजोर देखिन थालेका छन् । विगतमा प्रधानमन्त्री ओलीले मन्त्रीको रिपोर्ट कार्ड मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्थे ।

    कार्यसम्पादन मूल्यांकनका आधारमा राम्रो काम गर्नेलाई धेरै अंक र नगर्नेलाई कम नम्बर दिने गर्थे । तर, एक वर्षयता त्यो प्रचलन हटेको छ । कतिसम्म भने अहिले प्रधानमन्त्री ओलीलाई आफ्नै मन्त्रीहरुले टेर्न छाडेका छन् ।

    खासगरी पूर्वमाओवादी पक्षका मन्त्रीहरु क्याबिनेट बैठकमा त्यति उपस्थित नहुने र भए पनि प्रधानमन्त्रीको निर्देशनको बेवास्ता गर्ने गरेको देखिएको छ ।

    पूर्वमाओवादी पक्षका मन्त्रीहरुले सम्हालेको मन्त्रालयको नियुक्ति, सरुवा, बढुवा सबैमा प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेकाले पनि पूर्वमाओवादी पक्षका मन्त्रीहरु क्याबिनेट बैठकमा जान छाडेका हुन् ।

    ओली क्याबिनेट २५ सदस्यीय छ । बैठकमा अनिवार्य सबै मन्त्री उपस्थित हुनुपर्नेमा माओवादी पक्षका अधिकांश मन्त्रीहरु जानै छाडेका छन् ।

    आफ्नो मन्त्रालयको नियुक्ति, सरुवा, बढुवामा प्रधानमन्त्रीले हस्तक्षेप गर्न थालेपछि पूर्वमाओवादी पक्षीय मन्त्रीहरुले क्याबिनेट मिटिङमै प्रधानमन्त्रीसँग बाझाबाझ गर्ने गरेको स्रोतले बताएको छ ।

    यस्तो दृश्यले प्रधानमन्त्री ओली कतिसम्म निरीह बनिसकेका रहेछन् भन्ने पुष्टि गर्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend