बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

ओलीको घोषणालाई पूर्वमाओवादी पक्षका युवा नेताले गरे स्वागत, पूर्वएमालेका युवा नेतामा तनाब !

ओलीको घोषणालाई पूर्वमाओवादी पक्षका युवा नेताले गरे स्वागत, पूर्वएमालेका युवा नेतामा तनाब !

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 7.7K
    SHARES

  • ओलीको घोषणालाई पूर्वमाओवादी पक्षका युवा नेताले गरे स्वागत, पूर्वएमालेका युवा नेतामा तनाब !

    काठमाडौं - सत्तारुढ नेकपाको सचिवालय बैठक आज बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने छ । तर, धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री केपी ओली जाने कि नजाने भन्ने अझै निक्र्योल भइसकेको छैन ।

    शनिबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई ३८ पृष्ठको जवाफ दिएका थिए । जसमा उनले हत्तपत्त आफूले पार्टी र सरकारको नेतृत्व नछाड्ने, छाड्नै परे युवा पुस्तालाई छाड्ने यही प्रस्तावमार्फत घोषणा गर्छु भनेका थिए ।

    ओलीले युवा पुस्तालाई नेतृत्व छाड्ने घोषणा गरेपछि त्यसले एउटा तरंग सिर्जना गरेको छ । उनको यो घोषणाको पूर्वमाओवादी पक्षका युवा नेताले स्वागत गरिरहेका छन् ।

    तर, पूर्वएमाले पक्षका युवा नेता भने डराएका छन् । अहिलेसम्म ओलीले नेतृत्व छाडे हामी लिन्छौं भनेर पूर्वएमालेका कुनै नेताले पनि बोलेका छैनन् ।

    बरु पूर्वमाओवादी पक्षका वर्षमान पुन, जनार्दन शर्माले भने सार्वजनिक रुपमै त्यसको स्वागत गर्दै तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री पद छाड्न भनेका छन् । ऊर्जामन्त्रीसमेत रहेका नेता पुनले सोमबार रोल्पा पुगेर ओली र प्रचण्डले नेतृत्व छाडे आफूहरु नेतृत्व लिन तयार रहेको घोषणा गरे ।

    नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्माले साँच्चै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भए अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मंगलबार बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिन सक्नुपर्ने बताएका छन् ।

    कान्तिपुर टेलिभिजनको फायर साइडलाई सोमबार राति दिएको अन्तर्वार्तामा शर्माले प्रधानमन्त्री ओलीले आफ्नो जवाफी दस्तावेजमा भनेजस्तै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नै गर्न चाहेको हो भने ओलीले आफ्रले राजीनामा दिएर अर्को व्यक्ति जो हो, त्यसलाई अगाडि ल्याउनुपर्ने बताएका हुन् ।

    ‘म यति कुरा भन्न चाहान्छु कि सम्माननीय प्रधानमन्त्री ज्युले भोलिकै बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएर अर्को पात्रलाई को व्यक्ति हो त्यो अगाडि ल्याउनुहुनेछ,’ उनले भनेका छन् ।

    उनले प्रधानमन्त्री ओलीले अघि सारेको नेतृत्व हस्तान्तरणको प्रस्तावलाई स्वागत गर्दै त्यसो गरे आफूहरुको पूर्ण समर्थन रहने पनि बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend