बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
नेकपा बिबाद

ओलीले कांग्रेस नेतासँग अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

ओलीले कांग्रेस नेतासँग अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

  • मिडिया डबली
  • सोमवार, मंसिर १५ २०७७

  • 8.7K
    SHARES

  • ओलीले कांग्रेस नेतासँग अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

    काठमाडौं - यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।

    खासगरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले ३८ पृष्ठको जवाफी पत्रसँगै ५३ बुदामा आफूलाई लगाएको प्रत्यारोपको सामना कसरी गर्ने भन्ने चिन्तामा परेका छन् ।

    मंसिर १३ गतेको पार्टी सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले गरेको एक्सरसाइज र आफूहरूबारे गरेको मूल्यांकनले पनि खुमलटारमा सन्नाटा छाएको बताइएको छ ।

    यसबीचमा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग झन्डै तीन घन्टा छलफल गरेका थिए । देउवासँगको कुराकानीमा ओलीले पार्टीमा आफूलाई एक्ल्याउन थालिएकाले मिलेर जानुपर्ने प्रस्ताव गरेको मिडियामा सार्वजनिक नै भइसकेको छ ।

    ओलीले सत्ता साझेदारको प्रस्ताव गरेको कुराले कांग्रेसमै तरंग सिर्जना गरेको थियो । खुमलटारमा नपर्ने कुरै भएन । यतिबेला प्रचण्ड कांग्रेस नेतृत्वसँग पनि निकै निकट छन् । किनभने विगतमा कांग्रेस नेतृत्वमा सरकार सञ्चालन गरेकाले पनि प्रचण्डले कांग्रेससँगको सम्बन्धलाई उतिकै महत्व दिएका छन् ।

    भविष्यमा पार्टीमा समीकरण फेरबदल भएमा कांग्रेसकै सहयोगमा सरकार चलाउनुपर्छ भन्ने प्रचण्डलाई राम्रो ज्ञात छ । सोही कारण देउवासँग प्रधानमन्त्री ओलीले के के प्रस्ताव गरे ? आफ्नाबारे कस्तो मूल्यांकन गरेका रहेछन् ? भन्ने बुझ्न प्रचण्डले देउवा निकट एक नेतालाई फोन गरे ।

    स्रोतका अनुसार ती नेताको कुरा सुनेपछि प्रचण्ड आश्चर्यमा परेका थिए । ‘ल है कमरेड, प्रधानमन्त्रीले मसक्क आँटिसक्नुभएको रहेछ । त्यस्ताहरूलाई दिनु र नजिकिनुभन्दा बरु तपाईंहरूसँग मिल्नु बेस देखेको छु ।

    अब, उनीहरूसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भन्नुभयो । पार्टी एकजुट रहिरहलाजस्तो देखिन है,’ कांग्रेस नेताले प्रचण्डलाई फोनमा भनेका थिए । यसपछि ओली पार्टी विभाजन गर्ने तयारीमा धेरै अघि बढिसकेको प्रचण्डले चाल पाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend