बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
नेकपा बिबाद

अब ओलीले प्रचण्डलाई कारबाही गर्ने, पार्टी एकता भंग गर्ने धृष्टता गरेको आरोप

अब ओलीले प्रचण्डलाई कारबाही गर्ने, पार्टी एकता भंग गर्ने धृष्टता गरेको आरोप

  • मिडिया डबली
  • आइतवार, मंसिर १४ २०७७

  • 5.5K
    SHARES

  • अब ओलीले प्रचण्डलाई कारबाही गर्ने, पार्टी एकता भंग गर्ने धृष्टता गरेको आरोप

    काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको पत्र आरोप प्रत्यारोप जटिल मोडमा पुगेको छ ।

    ओली र प्रचण्डबीच जारी पत्रयुद्धमार्फत एकले अर्कोलाई पत्रमार्फ नंग्याउने क्रम जारी छ । प्रचण्डले कात्तिक २८ गते सोधेको १९ पृष्ठको आरोपको ओलीले शनिबारको सचिवालय बैठकमा ३८ पृष्ठमार्फत दिएका छन् । ५३ बुँदामा प्रचण्डलाई ओलीले निकै संगीन आरोप लगाएका छन् ।

    ओलीले आफूलाई बहुमत र अल्पमतका आधारमा कसैले पनि कारबाही गर्न नसक्ने भन्दै आफ्नै सहयोद्धामाथि गम्भीर लाञ्छना र पार्टी एकता भंग गर्ने धृष्टता गरेकोमा कारबाहीका लागि तयार हुन पनि चेतावनी दिएका छन् ।

    ‘यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? भन्दै ओलीले गिरिजाप्रसाद कोइरालादेखि माधवकुमार नेपालसम्मलाई धोका दिएको उल्लेख गर्दै शान्ति प्रक्रियादेखिका प्रसंग निकालेका छन् ।

    त्यति मात्र होइन, प्रचण्डको दोहोरो शैली भन्दै ओलीले नवौं बुँदामा गम्भीर प्रश्न गरेका छन् । जसमा उनलाई कारबाहीका लागि तयार भएर बस्न पनि भनेका छन् ।

    उनले लेखेका छन्, ‘कामरेड प्रचण्ड’, किन यस्तो अपारदर्शिता ? किन यस्तो छलछाम ?’ उनले भनेका छन्, ‘ तपाईंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ ।

    पार्टी एकीकरण अगाडिका, त्यस क्रममा भएका र त्यसयताका समग्र समझदारी र सोचविपरीत, आमनिर्वाचनका क्रममा जनतामाझ गरिएका संकल्पका विपरीत, पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरणको घोषणाको भावना तथा प्रावधान विपरीत एवं आम पार्टी पङ्क्ति, समर्थक–शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहनाविपरीतको यस ‘प्रस्ताव’ ले देशैभरि चिन्ता फैलाइदिएको छ ।

    राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएका छन् । तपाईँको झुठो आरोप– पत्र हात–हातमा बोकेर विपक्षीहरु हिँड्न थालेको देखिसक्नुभएको होला । उनीहरु दंग होलान्– नेकपालाई खुइल्याउन हामीले त केही गर्नै नपर्ने भयो ।

    जनता भने पीडामा छन् । यो यति गम्भीर विषय हो, जसलाई यस्तै हो भनेर छाड्न मिल्दैन । तपाईंले पार्टीका नीति या विधानसम्बन्धी प्रश्नमा मात्रै मलाई लाञ्छित गर्नुभएको छैन, मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोपसमेत लगाउनु भएको छ ।

    यति गम्भीर आरोप लागेको मान्छे ‘आत्मालोचना’ गरेर पनि उम्किन सक्दैन, आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधानअनुसार कारबाहीको भागीदार बन्नुपर्छ ।

    तपाईलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधानअनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend