बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्ड–रेणुको यस्तो रहेछ भित्री कुरा, ओलीद्वारा बालुवाटारमा छताछुल्ल

प्रचण्ड–रेणुको यस्तो रहेछ भित्री कुरा, ओलीद्वारा बालुवाटारमा छताछुल्ल

  • मिडिया डबली
  • शनिवार, मंसिर १३ २०७७

  • 37.2K
    SHARES

  • प्रचण्ड–रेणुको यस्तो रहेछ भित्री कुरा, ओलीद्वारा बालुवाटारमा छताछुल्ल
    फाइल तस्वीर

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतपत्र च्यात्न लगाएको बताएका छन् ।

    शनिबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले प्रचण्डले छोरी रेणु दाहाललाई चुनाव जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपाय अवलम्बन गरेको बताएका हुन् ।

    ओलीले प्रचण्डलाई आफ्नी छोरी रेणुलाई मेयरमा जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनुपर्ने ठाउँमा जनताले पुर्‍याएको स्मरण गराइदिएका छन् ।

    ‘तपाईंका अगाडि एउटा गम्भीर प्रश्न उभियो, नेपाली कांग्रेससँगको गठबन्धनमा गाँसिदै अन्ततः विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक संभावनाको खोजी गर्ने’, ओलीले भने, ‘ठीक यही बिन्दुमा हो, दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने निष्कर्षमा हामी पुगेको ।’ ओलीले आफूले अहिलेसम्म प्रचण्डलाई कुनै कुरा नसोधेको र अहिले पनि प्रश्न नसोध्ने बताएका छन् ।

    ‘तपाईंका अगाडि एउटा गम्भीर प्रश्न उभियो’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाली कांग्रेसससँगको गठबन्धनमा गाँसिँदै अन्ततः विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक संभावनाको खोजी गर्ने ।’

    ‘ठीक यही बिन्दुमा हो, दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने निष्कर्षमा हामी पुगेको । मैले कहिल्यै पनि तपाईंलाई सोधेको छैन– कमरेड, आफै सम्मिलित गठबन्धनको मुख्य पार्टीलाई थाहै नदिई, एक किसिमले छापामार शैलीमा, विपक्षी पार्टीसँग चुनावी तालमेल गर्दा भोलि उठ्न सक्ने नैतिकताका प्रश्नले तपाईंलाई अलिकति पनि छोएन ? म आज पनि यो प्रश्न सोध्दिनँ, किनभने यो राम्रो कामको लागि तपाईंले लिएको जोखिम हो भनेर मैले अनुमान गरेँ’, ओलीले भनेका छन् ।

    ‘जब आज पनि तपाईं, सिधै प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्तावका लागि भनेर हस्ताक्षर गराउँदा साथीहरूले प्रश्न उठाउलान् भनेर, विभिन्न विकास आयोजनाका लागि सरकारसँग माग गर्ने बहानामा सांसदहरुलाई खाली कागजमा सही गराउँदै हुनुहुन्छ, गम्भीर नैतिक प्रश्न त उठ्छ नै’, प्रधानमन्त्री ओलीले भनेका छन् । ओलीले दोस्रो वरीयताका अध्यक्ष प्रचण्डलाई राजनीतिक प्रतिवेदनमार्फत भन्नुपर्ने र नङ्ग्याउनेपर्ने सबै कार्य गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend