बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

३८ पेज लामो प्रस्ताव पेश गरेका ओलीलाई प्रचण्डको काउन्टर अट्याक, दिए यस्तो चुनौती !

३८ पेज लामो प्रस्ताव पेश गरेका ओलीलाई प्रचण्डको काउन्टर अट्याक, दिए यस्तो चुनौती !

  • मिडिया डबली
  • शनिवार, मंसिर १३ २०७७

  • 6.4K
    SHARES

  • ३८ पेज लामो प्रस्ताव पेश गरेका ओलीलाई प्रचण्डको काउन्टर अट्याक, दिए यस्तो चुनौती !

    काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमाथि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी दम्भ, घमण्ड र अहंताले भरिएको भन्दै ओलीमाथि हमला गरेका छन्।

    शनिबारको सचिवालय बैठकमा ओलीले पेश गरेको प्रतिवदनपछि आफ्नो धारणा राख्दै प्रचण्डले दम्भ, घमण्ड र अहंताले भरिएको प्रतिवेदन ल्याएको टिप्पणी गरेका हुन्।

    ‘यहाँ पनि तपाइको दम्भ, घमण्ड र अहंताले काम गरेको छ। अझै पनि तपाईं राजनीतिक बहसमा आउन चहिरहनुभएको छैन’, प्रचण्डको भनाइ उधृत गर्दै एक सचिवालय सदस्यले भने, ‘पार्टी फुटाउने भनेर जुन दोषारोपण गर्नुभयो, त्यो काम अर्थात पार्टी फुटाउने काम हामीले होइन बरु पार्टी फुटाउन तपाईले सुरु गर्नुभएको हो।’

    ओलीले शनिबारको बैठकमा प्रचण्डमाथि विभिन्न अभियोग लगाउँदै प्रस्ताव प्रस्तुत गरेपछि प्रचण्डले त्यसको टिप्पणी गरेका हुन्। बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीले श्रृंखलावद्ध रुपमा पार्टी विभाजनको काम गरिरहेको भन्दै हिम्मत भए राजनीतिक बहसमा आउन चुनौति दिएका हुन्।

    शनिबार ओलीले प्रचण्डको प्रस्तावको जवाफमा ३८ पेज लामो प्रस्ताव पेश गरेका हुन्। ओली र प्रचण्डले प्रस्तुत गरेका प्रस्तावमाथि थप छलफलका लागि नेकपाले मंसीर १६ गते सचिवालयको बैठक बोलाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend