बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको विशेष

ओलीलाई मात्रै सत्ता र शक्ति दिलाउन प्रचण्डले एमालेसँग पार्टी एकता गरेका हुन् ?

ओलीलाई मात्रै सत्ता र शक्ति दिलाउन प्रचण्डले एमालेसँग पार्टी एकता गरेका हुन् ?

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०७७

  • 6.2K
    SHARES

  • ओलीलाई मात्रै सत्ता र शक्ति दिलाउन प्रचण्डले एमालेसँग पार्टी एकता गरेका हुन् ?

    काठमाडौं - नेकपाको मंसिर १३ गते बस्ने सचिवालय बैठकपछि मात्रै सरकार र पार्टीको भविष्य के हुने भन्ने निक्र्योल हुन्छ । त्यसअघि सबै अनुमानका कुरा मात्रै हुनेछन् ।

    तर, अहिले नेकपाबाट दुई अध्यक्षमध्ये एकले अर्कोलाई निकाल्ने प्रयास भइरहेको हल्ला निकै जोडतोडका साथ उठेको छ । खासगरी पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीलाई विभिन्न आरोपसहितको प्रस्ताव पेस गरेपछि अब ओली र प्रचण्डमध्ये एक मात्र नेकपाको अध्यक्ष हुने जस्तो गरी प्रचार भइरहेको छ ।

    खासमा त्यस्तो देखिन्न । एमाले र माओवादी एकतापछि बनेको नेकपामा प्रचण्ड मात्र शीर्ष नेता छन् । तर, पूर्वएमालेका धेरै नेता छन् । ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाइए पनि माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम जस्ता एक से एक नेता छन् ।

    तर, प्रचण्डलाई अध्यक्षबाट हटाएमा उनीपछि को ? भन्ने अवस्था छ । नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको हैसियत एमालेका दोस्रो तहका नेता जतिको पनि छैन । त्यसैले अझै केही समय प्रचण्डले नै नेकपामा नेतृत्व गर्ने अवस्था छ ।

    तर, अहिले ओली निकट नेताहरु प्रचण्डलाई हेगको भूत देखाएर तर्साउने प्रयास गरिँदैछ । तर, प्रचण्डले पूर्वएमाले त्यसमा पनि ओलीलाई मात्रै सत्ता र शक्ति आर्जन गर्न पूर्वमाओवादीलाई एमालेमा एकता नगरेको नेताहरु बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend