काठमाडौं - तीन वर्षअघि सम्पन्न आमनिर्वाचनमा तत्कालीन एमाले र माओवादीले राम्रो प्रदर्शन गरे । सरकार बनाउन झन्डै दुई तिहाइ सिट हासिल गरे । पछि दुवै पार्टी एक भए ।
तत्कालीन एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । नेपाली कांग्रेसले २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको सिट जोगाउन सकेन । जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न म्यान्डेट दिए ।
सातमध्ये ६ वटा प्रदेशमा कम्युनिस्टकै सरकार बने । एउटामा मधेसवादी दलको सरकार छ । कांग्रेसले कुनै पनि प्रदेशमा राम्रो प्रदर्शन गर्न सकेन । तर, तीन वर्ष नपुग्दै कम्युनिस्ट सरकारसँग नेपाली जनता अघाइसकेको देखिएको छ ।
कम्युनिस्ट पार्टीभित्रको किचलो र भ्रष्टाचारले वाक्कदिक्क भएका जनताले फेरि पनि नेपाली कांग्रेसलाई खोज्न थालेका छन् । प्रधानमन्त्री केपी ओली स्वयंले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको अफर गर्नुले पनि यो कुरा पुष्टि हुन्छ ।
सर्वत्र असफल भएपछि आफ्नो अनुहार जोगाउन पनि ओलीले कांग्रेसको साथ खोजेको हुन सक्ने विश्लेषण गर्न थालिएको छ । तर, यतिबेला सबैभन्दा आश्चर्यको विषय चाहिँ सडकमा राजावादीको लस्करले हो ।
पछिल्लो समय नेपालगन्ज, जनकपुर, वीरगन्ज, बुटवल, पोखरा, काठमाडौं जहाँ जहाँ राजावादीहरूको सडक जुलुस निस्केका छन्, हजारौं मानिस सहभागी हुनुले मुलुकको राजनीतिक अवस्था सही दिशामा अघि नबढेको प्रस्ट छ ।
कतै भित्रभित्रै गणतन्त्र समाप्त पार्ने उद्देश्यले राजनीतिक खिचडी त पाकिरहेको छैन भन्ने जनताले महसुस गर्न थालेका छन् । बुधबार पोखरामा निस्केको राजावादीहरूको जुलुसमा पाँच हजारभन्दा बढी मानिस रहेको चर्चा छ ।
कांग्रेसलाई सत्ताको अफर आउनु र सडकमा राजावादीको लस्करले अब यो देशमा कम्युनिस्टको आवश्यकता छैन भन्ने सन्देश दिएको राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।