काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मंसिर १३ गते बस्ने नेकपा सचिवालय बैठकमा प्रस्तुत गर्ने जवाफी पत्र लेखनलाई अन्तिम चरणमा पुर्याएका छन् ।
ओली पक्षले जवाफी पत्र नभई त्यसलाई पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदन हुने प्रचार गरिरहेका छन् । जसका कारण नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तनावमा परेका छन् ।
प्रचण्डले यदि जवाफी पत्र नभई राजनीतिक प्रतिवेदनका रूपमा आए त्यसैदिनदेखि पार्टी विभाजनको बीजारोपण हुने भन्दै महासचिव विष्णु पौडेलमार्फत बालुवाटारलाई सन्देश पठाएका छन् ।
प्रचण्ड पक्षले ओलीलाई लेखेको पत्र किताबका रूपमा सातै प्रदेश पठाएपछि अहिले नेकपामा नयाँ विवाद देखिएको छ । जसलाई पूर्वएमाले पक्षले आपत्ति मानेको छ ।
प्रचण्डले ओलीलाई लेखेको पत्रमा पूर्वमाओवादी र पूर्वएमालेका माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले आफ्नो पनि स्वामित्व रहेको बताएका थिए । तर, अहिले तल्ला कमिटीमा लगिएपछि उनीहरू असन्तुष्ट बनेको बताइएको छ ।
त्यसैले प्रचण्डलाई काउन्टर दिने गरी ओलीको प्रतिवेदन आउने, त्यसमा पार्टी सञ्चालनको भावी दिशाका साथै मार्गदर्शक सिद्धान्त पनि समेटिने बुझिएको छ ।
प्रधानमन्त्री ओलीले अघिल्लो सचिवालय बैठकमा आफूले प्रचण्डको पत्रलाई हल्का ढंगले नलिएको भन्दै त्यसको जवाफ सोही ढंगले दिने चेतावनी दिइसकेका छन् । यदि ओलीको प्रतिवेदन पनि तल्ला कमिटीमा गएमा पूर्वमाओवादी र पूर्वएमालेबीच फाटो त्यहीँबाट सुरु हुने नेकपाका नेताहरुको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।