बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको विशेष

देउवाले ओलीलाई साथ दिए कांग्रेसलाई कति घाटा ?

देउवाले ओलीलाई साथ दिए कांग्रेसलाई कति घाटा ?

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 7.7K
    SHARES

  • देउवाले ओलीलाई साथ दिए कांग्रेसलाई कति घाटा ?

    काठमाडौं -  प्रधानमन्त्री केपी ओलीले सत्ता जोगाउन कांग्रेस कार्ड प्रयोग गर्ने प्रयास गर्दैछन् । अहिले भइरहेको पोलिटिकल गेममा ओलीले आफ्नो पार्टिभित्रको नेताको चित्त बुझाउन नसकेपछि विपक्षी पार्टीसँग सहकार्य गर्न खोज्नु स्वाभाविक मानिए पनि दिनप्रतिदिन अलोकप्रिय हुँदै गरेको ओली सरकारलाई काँध थाप्न कांग्रेस तयार होला त ? भन्ने जिज्ञासा सर्वत्र उठेको छ ।

    सबैको चासोको रुपमा रहेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउन नसक्नुले ओलीको विश्वास अन्तर्राष्ट्रिय स्तरमा लगभग गुमेको अनुमान गर्न सकिन्छ। सोही कारण उनले कांग्रेसको सहयोग चाहेको हुन सक्छ ।

    भारतीय रअ चिफसँग खुलेआम भेट्नुले राष्ट्रवादी छवि धुलिसात भएको छ । त्यसैले काँग्रेससँग सत्ता साझेदार गर्न खोज्नु उनको अन्तिम कानुनी विकल्प हुन सक्छ ।

    यदि यस्तो भएमा नेपाली राजनीतिमा शेरबहादुर देउवा सत्ता मेकिंगको लागि फेरि अर्कोपटक जोकर कार्डको रुपमा प्रयोग हुने भन्दै सामाजिक सञ्जाल रंगिएको छ । यसअघि राजा र प्रचण्डले देउवालाई दुईपटकसम्म सत्ता सुम्पिँदै धोका दिँदै आएका थिए ।

    नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले पहिलेदेखि नै काङ्ग्रेस पाँच वर्ष प्रतिपक्ष बस्ने बताउँदै आइरहेका छन् । तर, देउवाले सत्ता साट्दा आममानिसमा उनी पदका लागि जे पनि गर्न सक्छन् भन्ने सन्देश जान सक्छ ।

    त्यसैले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्ने प्रस्ट पारेका हुन् । ओलीमाथि संकट बढ्दै गए संकटकाल घोषणा या संसद बिघटन गरी मध्यावधि चुनावको घोषणासम्म पनि हुनसक्छ ।

    तर, यसो गर्दा जनसमर्थन नपाउने ओलीले बुझेकै छन् । पार्टीभित्रै एक्लिने अवस्थामा पुगेपछि ओलीले कांग्रेससँग बलियो साथ खोजेका हुन्। यदि नेकपा फुटेको खण्डमा कांग्रेससँग मिलेर बहुमतको सरकार गठन गर्ने र नयाँ चुनाव गराउने ओलीको दाउ प्रष्टसँग बुझ्न सकिन्छ।

    अहिलेकै अवस्थामा नेकपा फुट्यो र केपी ओली नेतृत्वको पार्टीसँग सत्ता साझेदारी गर्न कांग्रेस तयार हुन नहुने कांग्रेसकै नेताहरुले सार्वजनिक रुपमै बताएका छन्।

    कांग्रेस सभापति देउवाले शनिबार प्रधानमन्त्री ओलीसँग र शुक्रबार भारतीय राजदूत विनयमोहन क्वात्रासँगको भेटबारे अहिलेसम्म मुख खोलेका छैनन्।

    कांग्रेसका अर्का नेता धनराज गुरुङले सभापति देउवालाई आग्रह गर्दै नेकपाको भाँडभैलोमा सहभागी भएर कांग्रेसलाई सती नलैजान आग्रह गरेका छन्। सभापति देउवालाई आग्रह गर्दै गुरुङले ट्वीटरमा लेखेका छन्, ‘श्रद्धेय सभापतिज्यू, यदि यो समाचार सत्य हो भने म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु । कांग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षमा रहेर कार्य गर्ने जनादेश छ।नेकपाको सत्ता–भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेस सती जानु हुँदैन।’

    कोरोना महामारीमा पनि सरकारले जनताको स्वास्थ्यमाथि नै खेलवाड गरेको भन्दै ओली सरकारको निकै आलोचना हुँदै आइरहेको छ।

    यतिसम्म कि ओलीकै पार्टी नेकपाकै सांसद तथा नेताहरुले नै सरकारको आलोचना गरिरहेका छन्। पछिल्लोपटक नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको टकराबले नेकपा फुटको संघारमा छ।

    प्रचण्डलाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतको साथ छ। सचिवालय र स्थायी कमिटीको बैठकमा आफू एक्लिने पक्का भएपछि ओलीले पार्टी फुटाएर नयाँ सरकार गठनको तयारी थालेको टिप्पणी पनि हुन थालेको छ।

    पाँच वर्ष प्रमुख प्रतिपक्षीमा रहने जनमत पाएको कांग्रेस यदि सरकारमा गए जनमतको अवमूल्यन मात्रै होइन, केपी ओलीसँगै जनभावनाको कदर नगर्ने पार्टीको रुपमा कांग्रेसले ट्याग भिर्ने निश्चित छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend