आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपालाई कांग्रेस प्रवक्ताको चेतावनी : कांग्रेसको शीर गन्ने धृष्टता कोहिबाट नहोस्

नेकपालाई कांग्रेस प्रवक्ताको चेतावनी : कांग्रेसको शीर गन्ने धृष्टता कोहिबाट नहोस्

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 6.7K
    SHARES

  • नेकपालाई कांग्रेस प्रवक्ताको चेतावनी : कांग्रेसको शीर गन्ने  धृष्टता कोहिबाट नहोस्

     काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ नेकपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा कांग्रेस निरपेक्ष रहेको दाबी गरेका छन्।

    शनिबार कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भेट गरी सरकारमा साझेदारी गर्ने समाचार बाहिरिएसँगै प्रवक्ता शर्माले यस्तो बताएका हुन्। शर्माले ट्वीटरमा लेखेर पाँच वर्ष विपक्षमा बस्ने जनादेश रहेको स्पष्ट पारेका हुन्।

    ‘भ्रम : कोहि कसैलाई केही छ भने ! ५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं’ उनले लेखेका छन्, ‘ नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं । अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं । जय नेपाल !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend