बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

देउवालाई सत्ता सहयात्राको लागि ओलीको आग्रह, भने जस्तै गर्दिन ओली तयार !

देउवालाई सत्ता सहयात्राको लागि ओलीको आग्रह, भने जस्तै गर्दिन ओली तयार !

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 6.0K
    SHARES

  • देउवालाई सत्ता सहयात्राको लागि ओलीको आग्रह, भने जस्तै गर्दिन ओली तयार !

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच चरम विवाद रहेका बेला पार्टी नै फुटको संघारमा छ । यसबीच नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हिमचिम बढाएका छन् ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालपक्ष बलियो रहेका बेला ओलीले प्रतिपपक्षी दलका सभापति देउवासँग बुढानिलकण्ठमा शनिबार करिब डेढ घण्टा भेटवार्ता गरेका हुन् । रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटार बोलाएका थिए ।

    देउवासँगै पार्टी केन्द्रीय सदस्य रमेश लेखक पनि प्रधानमन्त्रीलाई भेट्न दिउँसो तीन बजे बुढानिलकण्ठ पुगेका थिए । यद्यपी भेटमा संवैंधानिक नियुक्तीका विषयमा मात्रै नभएर ओलीले अफुसँगको सहयात्राका विषयमा समेत कुरा गरेको सोतले जनाएको छ ।

    स्रोतका अनुसार ओलीले सत्तासहकार्यका लागि आग्रह गर्दै त्यसका लागि देउवाले भने जस्तै किसिमले अगाडि बढन् समेत ओली तयार रहेको बताइएको छ । स्रोतका अनुसार नेकपा फुटकै स्थितीमा पुगेमा त्यतिबेलासम्म कांग्रेसलाई नियुक्तीहरुमा अल्झाएर आफुसँग सहकार्य गराउँने रणनीति ओलीले बुनेका छन् ।

    यसबाहेक प्रधानमन्त्रीको सचिवालयका अनुसार विश्वविद्यालयमा उपकुलपति र संवैधानिक निकायमा नियुक्तिका विषयमा उनीहरूबीच कुरा मिल्न सकेन ।  पटक-पटक भएको छलफलमा पनि कुरा नमिलेपछि विश्वविद्यालयमा उपकुलपति र संवैधानिक निकायमा पदाधिकारी कसरी नियुक्तिको सिफारिस गर्ने भन्ने विषयमा सहमति जुटाउन सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा दिइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो । संवैधानिक निकायमा प्रमुख आयुक्त र आयुक्त गरी ४८ पद रिक्त छ ।

    ओलीले यसअघि समेत नेकपामा विवाद उग्ररुपमा चलेका बेला देउवासँग भेट गरेका थिए । ओलीले नेकपा फुटेमा देउवाको साथ माग्ने संकेत दोस्रो पटको भेटले स्पष्ट पारेको अनुमान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend