काठमाडौं - प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार तीन घन्टा लामो छलफल भएको छ ।
सत्तारुढ दल नेकपामा विवाद उत्कर्षमा पुगेका बेला ओली र देउवाबीचको यो छलफललाई रहस्यपूर्ण मानिएको छ । ओली आफ्ना दलबलसहित देउवा निवास पुगेर तीन घन्टा लामो छलफल भएको र त्यसको नतिजा केही दिनमै देखिने जनआस्थाका सम्पादक किशोर श्रेष्ठले जानकारी दिएका छन् ।
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच के के छलफल भयो ? त्यसबारे औपचारिक जानकारी आउन सकेको छैन ।
स्रोतका अनुसार अहिले नेकपामा देखिएको विवाद र पार्टी विभाजन भएमा कसरी अघि बढ्नेसम्मको छलफल भएको बुझिएको छ ।
यस्तै, संवैधानिक निकायमा खाली भएका पदमा नियुक्ति गर्ने विषयमा पनि छलफल भएको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।