काठमाडौँ- नेकपाभित्रको अन्तरविरोध सल्टिने आशा पलाइरहेको बेला राजधानीमा दुबै पक्षका मुख्यमन्त्रीहरुको कुदाकुद जारी भएको छ । विभाजनको अवस्थामा संसदमा आवश्यक बहुमत नपुग्दा सरकारको निरन्तरताको लागि विपक्षी काँग्रेसको समर्थन आवश्यक हुन्छ ।
तर,यसबीच कुरै छिनालेर काँग्रेसलगायतका विपक्षीसँग खासै प्रस्ताव नगएको बताइन्छ । अहिले नेकपाभित्रैका केही सांसदलाई आफूतिर पार्न दुई तिरकै कोशिस निरन्तर छ ।
त्यसमा सबैभन्दा धेरै पूर्व माओवादीनिकट सांसदहरू बालुवाटारको निशानामा परेको स्पष्टसँग देखिएको छ । खुमलटार स्रोतका अनुसार संसदीय दलमा बहुमत र अल्पमतवीच छिनोफानोको अवस्था आएमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बालुवाटारलाई साथ दिने पक्का झैं छ ।
अन्य मन्त्री र सांसदमध्ये तीन जना त्यस्तो अवस्थामा ‘तटस्थ’ बस्नसक्ने अड्कल लगाइएको छ । तटस्थ बस्नसक्ने भनेर आँकलन गरिएकामा गृहमन्त्री रामबहादुर थापा बादल,टोपबहादुर रायमाझी र हरिबोल गजुरेल हुन् ।
त्यसो हुँदा पनि प्रधानमन्त्रीको लागि संसदीय दलमा आवश्यक बहुमत नपुग्न सक्छ । केहीले गृहमन्त्री थापाको आजसम्मको भूमिका हेर्दा उनले अन्तिम समयमा प्रधानमन्त्रीलाई नै पूर्ण साथ दिनसक्ने बताएका छन् ।
तर,रायमाझी र गजुरेल भने कुनै हालतमा तटस्थ बस्ने उनीहरू निकट नेताले दाबी गरेका छन् । बादललाई नजिकबाट चिन्नेहरूका अनुसार गृहमन्त्री थापा पछिल्लो अवस्थामा अचम्मको सिद्धान्तमा टेकेर अघि बढिरहेका छन् ।
पार्टी एकता कायम रहँदासम्म “प्रतिगामीलाई साथ” दिँदै गृहमन्त्री जोगाइ रहने,पार्टी फुट वा विभाजनको अवस्था आएमा “क्रान्तिकारीसँग नजिक” हुने उनको नयाँ सिद्धान्त हो । खुमलटार निकटस्थ एकजना नेता भन्छन् ‘बादल पार्टी नफुट्दासम्म सत्तासँग,फुट्यो भने माउ पार्टीसँग हुने योजनामा अघि बढिरहेका छन् ।’ जनआस्था
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।