बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
नेकपा बिबाद

ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ‘केयर टेकर’

ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ‘केयर टेकर’

  • मिडिया डबली
  • शनिवार, मंसिर ६ २०७७

  • 7.0K
    SHARES

  • ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ‘केयर टेकर’

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बुधबारको नेकपा सचिवालय बैठकमा एक वाक्य निकै गम्भीर बोलेका छन्, जसबारे धेरै मानिसको ध्यान गएको देखिएन ।

    जसमा ओलीले भनेका थिए, ‘ममाथि लागेका आरोप प्रमाणित भए दुवै मैले अध्यक्ष र प्रधानमन्त्री पदमा बसिरहन मिल्दैन, प्रमाणित भए मैले छाड्नुपर्छ, गलत भए प्रचण्डले अध्यक्ष छाड्नुपर्छ ।’

    ओलीमाथि लागेका आरोपमाथि छलफल सुरु भइसकेको छ । अर्थात् यसबारे पार्टीले नै निर्णय लिनेछ । आफूमाथि लागेको आरोपबारे ओलीले जवाफ लेख्दैछन् । जुन जवाफ उनले १३ गते बस्ने सचिवालय बैठकमा प्रस्तुत गर्ने भएका छन् ।

    प्रधानमन्त्री पद संवैधानिक हो । उनी निर्वाचित प्रधानमन्त्री हुन् । तर, पार्टी अध्यक्ष राजनीतिक पद हो । आफूमाथि पार्टी अध्यक्षले नै गम्भीर आरोप लगाएकाले ओली अहिले संकटमा परेका छन् ।

    राजनीतिक विश्लेषकहरू उनीमाथि लागेको आरोपबारे छानविन प्रक्रिया नसकिंदासम्म केपी ओलीका पार्टी अध्यक्ष र प्रधानमन्त्रीका दुवै पद ‘केयर टेकर’ हुन पुगेको बताउन थालेका छन् ।

    त्यसैले अहिले प्रचण्डमाथि दबाब बढाउन थालिएको छ । उनलाई आफूले बुझाएको पत्र फिर्ता लिन आग्रह गरिँदै आएको छ । प्रचण्डले ओलीलाई भ्रष्टाचारीको संरक्षकसमेत भनेकाले स्थिति निकै गम्भीर बनेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend