बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डले प्रस्ताव फिर्ता नलिएसम्म बैठकमै बस्दिनँ भन्ने ओली कसरी गले ?

प्रचण्डले प्रस्ताव फिर्ता नलिएसम्म बैठकमै बस्दिनँ भन्ने ओली कसरी गले ?

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०७७

  • 5.5K
    SHARES

  • प्रचण्डले प्रस्ताव फिर्ता नलिएसम्म बैठकमै बस्दिनँ भन्ने ओली कसरी गले ?

    काठमाडौं - नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । निर्धारित समय दिउँसो १ बजे नै बैठक सुरु भएको थियो । बैठकमा सहभागी हुन सचिवालयका सबै सदस्य बालुवाटार पुगेका थिए ।

    बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच केही बेर कुराकानी भएको थियो । यसअघि प्रचण्डले विभिन्न आरोप लगाउँदै प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता नभएसम्म ओलीले आफू सचिवालय बैठकमा नबस्ने जानकारी गराएका थिए ।

    उनले बैठक स्थगित गराउन अन्तिम समयसम्म पनि प्रयास गरेका थिए । तर, उनको केही सीप चलेन । अन्ततः अहिले ओली गलेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहपछि ओली सचिवालय बैठकमा बस्न सहमत भएका हुन् ।

    मंगलबार राति शीतल निवास पुगेका प्रचण्डले ओलीले आफूलाई नसुधारे पार्टीले कारबाही गर्ने जानकारी गराएका थिए । बहुमत सदस्यको निर्णयलाई मान्नै पर्ने अवस्था आउने र स्थायी कमिटी बोलाएर निर्णय गराउने चेतावनी दिएपछि ओली एक कदम पछि हटेका हुन् ।

    नेकपामा एक व्यक्ति एक पदको मुद्दा अहिले जबर्जस्त उठेको छ । अब कुनै पनि हालतमा ओलीलाई एकलौटी सरकार र पार्टी चलाउन नदिनेमा प्रचण्ड र माधव नेपाल समूह पुगेको छ । त्यही भएर पनि ओली गलेको नेताहरु बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend