काठमाडौं - तीन वर्षअघि केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड आफ्नो भाग्यविधाता हुन् भनेर उनलाई भोट दिएर जितेर पठाउने अनि उनको पछि लागेर हिँड्ने नेता कार्यकर्ता अहिले दुवैको सम्बन्ध तँ तँ र म म को अवस्थामा आइपुग्दा के सोच्दा होलान् ? तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो ।
त्यसअघि नै ओली प्रधानमन्त्री बनेका थिए । आफैं अध्यक्ष अनि प्रधानमन्त्री भएपछि पाँच वर्ष सबैलाई पेलेर जान्छु भन्ने ओलीले सोचेका थिए । तर, साढे दुई वर्षमै उनको अवस्था यस्तो निरीह बनेको छ कि अव आफ्ना असली कार्यकर्ताबाहेक उनलाई सहानुभूति दिने कोही छैनन् ।
प्रचण्डको अवस्था पनि त्यस्तै बनेको छ । सुरुमै ओलीलाई प्रथम अध्यक्ष मान्नु आफ्नो ठूलो कमजोरी भएको उनले स्वीकारिसकेका छन् । आफूलाई साढे दुई वर्ष प्रधानमन्त्री दिने सहमति पनि ओलीले तोडेपछि प्रचण्ड रुष्ट छन् ।
त्यही भएर उनले ओलीलाई चैनले सुत्न दिएका छैनन् । अहिले त पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैैठक बोलाउन अनि पार्टी एकताको भावनाअनुसार चल्न भन्दै प्रचण्डले दबाब दिएपछि ओली संकटमा परेका छन् ।
यस्तो अवस्थाले पार्टी नै विभाजनको डिलमा पुगेको छ । त्यति मात्र होइन, बिहीबार र शुक्रबार ओली र प्रचण्डले एकअर्कालाई लेखेको पत्र हेर्दा दुवैको सम्बन्ध तँ तँ र म म को अवस्थामा ओर्लिएको अनुभूति सबैले गरेका छन् ।
ओलीले प्रचण्डलाई गुटबन्दी बढाएको, जाली, धोकेबाज, फटाहाको आरोप लगाएका छन् भने प्रचण्डले पनि ओलीलाई दलाल, नवउपनिवेशको पृष्ठपोषक, महाजाली, महाफटाहा जस्तो गालीगलौज गरेका छन् ।
त्यसैले केही समयसम्म नेकपा विभाजन नभए पनि अब ओली र प्रचण्ड सँगै मिलेर हिँड्लान् र भन्ने चासो सर्वत्र देखिएको छ । नेकपाको बहुमत पार्टी पंक्तिले पार्टी अब चाँडै फुट्ने अनुमान गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।