काठमाडौं - नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँगको सम्झौता सहज नभएको भन्दै यसपटक वारपारको अन्तसंघर्ष हुने प्रस्ट संकेत गरेका छन् ।
बुधबार साँझ पूर्वमाओवादी समूहबाट प्रतिनिधित्व गर्ने युवा र विद्यार्थी संगठनका अगुवाहरूलाई खुमलटारमा भेट्दै ओलीसँगको सम्झौता आफ्नो भूल भएको स्वीकार गरेका छन् ।
आफूलाई भेट्न आएका करिब डेढ दर्जन युवा–विद्यार्थीलाई प्रचण्डले अब वारपार हुने बताएका हुन् । ‘केपीजीले पटक–पटक पूर्वएमाले र पूर्वमाओवादीजस्तो कित्ता बनाएर पार्टी फुटाउन खोज्नुभो, तर पार्टी एकता जोगाएकै मैले र माधवजीले हो । उहाँले त वैशाखमै पार्टी फुटाउन खोज्नुभएको थियो, तर असफल भएपछि अहिले फेरि पूर्वएमाले र पूर्वमाओवादी भनेर कित्ताकाटको अधिकतम कोसिस गरिराख्नुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक विद्यार्थी नेताले भने ।
प्रचण्डले ओलीले नै पार्टी फुटाउन खोजेको दाबी गरेका थिए । उनको यस्तो अभिव्यक्तिले नेकपामा आन्तरिक संघर्ष कुन स्तरमा पुगेको रहेछ भन्ने स्पष्ट हुन्छ ।
पार्टीका नेताहरुको निकै ठूलो दबाबपछि ओली आज सचिवालय बैठक बोलाउन सहमत भएका हुन् । नत्र उनले पार्टी बैठक आवश्यक नरहेको बताउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।