बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको विशेष

पूर्वमाओवादीको यसपटक प्रचण्डलाई दह्रो साथ, ओलीलाई पर्ने भो आपत !

पूर्वमाओवादीको यसपटक प्रचण्डलाई दह्रो साथ, ओलीलाई पर्ने भो आपत !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 5.4K
    SHARES

  • पूर्वमाओवादीको यसपटक प्रचण्डलाई दह्रो साथ, ओलीलाई पर्ने भो आपत !

    काठमाडौं-  सत्तारुढ नेकपामा पूर्वएमाले र पूर्वमाओवादी आ–आफ्नो कित्तामा उभिन आइपुगेका छन् । साढे दुई वर्षसम्म प्रधानमन्त्री केपी ओलीलाई साथ दिँदै आएका पूर्वमाओवादीहरूले यसपटक उनको साथ छाडेका छन् ।

    ती नेताहरूले यसपटक आफूहरूले साथ दिन नसक्ने जनाउ दिएका छन् । पूर्वमाओवादी नेताहरु हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले यसअघि ओलीलाई साथ दिँदै आए पनि यसपटक कमजोरी अध्यक्ष ओलीबाटै भएकोले अघिल्लो पटकको जस्तो साथ दिन नसक्ने बताएका हुन्।

    यसबारे आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै अवगत गराइसकेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिएका छन् । यसपटक फेरि पार्टी विभाजनको संघारमा पुगेपछि ओलीले पूर्वमाओवादी खेमाका ती नेताहरुमध्ये केहीलार्ई बालुवाटार बोलाएर छलफलसमेत गरेका थिए।

    तर आफूहरुले यसपटक भने कमजोरी ओलीबाटै भएकोले साथ दिन नसक्ने जवाफ दिएको नेता गजुरेलले बताए। केही माओवादी नेताले ओलीलाई साथ नदिने जनाउ दिए पनि गृहमन्त्री रामबहादुर थापा बादल भने अझै खुलेका छैनन् ।

    उनले सरकारको काममा प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका छन् । तर, पार्टी नै विभाजनको अवस्था आएमा बादलले सदाझैं प्रचण्डलाई नै साथ दिने पूर्वमाओवादीहरुको आकलन छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend