काठमाडौं - नेकपामा शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओलीमा बेचैनी बढेको छ ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत पाँच सदस्यले बैठक बोलाउन आज (सोमबार) सम्मको अल्टिमेटम दिएकाले ओलीमा छटपटी बढेको हो । आन्तरिक रूपमा आफू बलियो भएको दाबी गरे पनि ओलीलाई सजिलो भने छैन ।
त्यसैले उनले माधवकुमार नेपाललाई फकाउन थालेका छन् । तर, नेपाल समूहले त्यत्तिकै साथ दिने अवस्था छैन । सोही कारण अल्टिमेटमको अन्तिम घडि बित्नै लाग्दा ओलीले आफ्ना विशेष दूतलाई सन्देशसहित खुमलटार पठाएका छन् भने केही समयअघि पार्टीको विवाद मिलाउन गठित कार्यदलका सदस्यलाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले केही सन्देशसहित महासचिव विष्णु पौडेललाई प्रचण्ड निवास खुमलटार पठाएका हुन् । प्रचण्डले अब एक्लै बालुवाटार नजाने घोषणा गरिसकेका छन् ।
अहिले खुमलटारमा प्रचण्ड र पौडेलबीच छलफल चलिरहेको छ । यस्तै, आजै दिउँसो प्रधानमन्त्री ओलीले भीम रावल, पम्फा भुसाल, जनार्दन शर्मा, शंकर पोखरेल, विष्णु पौडेल र सुरेन्द्र पाण्डेलाई बालुवाटार बोलाएर छलफल गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।