बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

नेकपामा रमाइलो : पूर्वएमाले पक्ष भेला गरिरहने, पूर्वमाओवादी पक्ष हेरिरहने

नेकपामा रमाइलो : पूर्वएमाले पक्ष भेला गरिरहने, पूर्वमाओवादी पक्ष हेरिरहने

  • मिडिया डबली
  • सोमवार, कार्तिक २४ २०७७

  • 8.1K
    SHARES

  • नेकपामा रमाइलो : पूर्वएमाले पक्ष भेला गरिरहने, पूर्वमाओवादी पक्ष हेरिरहने

    काठमाडौं - यतिबेला सत्तारुढ नेकपामा अनौठो दृश्य देख्न पाइएको छ । गुटको भेला गरेर आफूसँग भेट्न आउने भन्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ललकार्ने प्रधानमन्त्री केपी ओली आफैं गुटको भेला गरेर हिँडेका छन् ।

    त्यति मात्र होइन, उनले पूर्वएमाले पक्षलाई देशव्यापी भेला र गोष्ठी गर्न निर्देशनसमेत दिएका छन् । ओलीकै आड पाएर उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले पूर्वएमाले पक्षलाई एकत्रित मात्र गरिरहेका छैनन्, यदि पार्टी विभाजन भएमा पूर्वमाओवादी खेमाका नेता कार्यकर्तालाई पनि आफूतिर तान्ने अभियान सुरु गरेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएको हो ।

    माधव नेपाललाई मालामाल : ओलीको प्रस्ताव भावि अध्यक्ष, प्रचण्डको प्रस्ताव अहिले नै प्रधानमन्त्री ! माधव नेपाललाई मालामाल : ओलीको प्रस्ताव भावि अध्यक्ष, प्रचण्डको प्रस्ताव अहिले नै प्रधानमन्त्री

    ६० / ४० का आधारमा पार्टी एकता भए पनि अहिले त्यही ४० प्रतिशतबाट पनि खुम्च्याउने गरी पूर्वएमालेहरू सक्रिय भएका छन् । कहिले मदन भण्डारी र त कहिले पुष्पलालको नाममा पूर्वएमालेले भेला आयोजना गरिरहँदा भने पूर्वमाओवादी पक्ष यी सबै दृश्य टुलुटुलु हेर्न बाध्य छ ।

    अर्थात् पूर्वमाओवादी पक्षलाई कतै भेला हुने, छलफल गर्ने छुट छैन । यस्तो अवस्था आउनुमा प्रचण्डकै कमजोरी रहेको बताउन थालिएको छ । किनभने उनले आफ्ना पक्षका नेतालाई इन्ट्याक्ट राख्न सकेका छैनन् ।

    रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साहले ओलीको हात थामिसकेका छन् । आफूले फकाउन नसकेकालाई प्रधानमन्त्री ओलीले शीतल निवास प्रयोग गरेका छन् ।

    स्रोतका अनुसार अहिले शीतल निवासले पूर्वमाओवादी खेमाका नेताहरूलाई विभिन्न आश्वासन दिएर फोन गर्न थालेको छ । दैनिकजसो अहिले बालुवाटार र शीतलनिवासमा पूर्वमाओवादी नेता कार्यकर्ताको लाइन देखिन थालेको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend