काठमाडौं - निकै होेहल्ला गरेर प्रधानमन्त्री केपी ओलीसँग पौंठेजौरी खेलेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बहादुरीपूर्वक पछि हट्ने भएका छन् ।
पार्टी सचिवालयमा बहुमत भए पनि ओलीलाई बैठक बोलाउन माग गर्ने निर्णय हुनु भनेको प्रचण्ड समूह कतिसम्म निरीह रहेछ भन्ने पुष्टि हुने विश्लेषण गर्न थालिएको छ ।
जबकि सचिवालय बैठक राखे पार्टी विभाजन त्यही विन्दुबाट हुने ओलीको चेतावनीले पनि प्रचण्डहरु लत्याकलुतक गलेको टिप्पणी हुन थालेको छ । शुक्रबारको अनौपचारिक सचिवालय बैठकको निर्णयअनुसार ओलीलाई आज बालुवाटारमा सामूकि भेटेर सचिवालय वा स्थायी कमिटी बोलाउन आग्रह गरिने उल्लेख छ ।
तर, ओलीले नमाने के गर्ने ? भन्ने कुनै निर्णय भएको छैन । गत असारमा ओलीले जारी स्थायी कमिटी बैठकलाई तीन महिनासम्म पनि बस्न दिएका थिएनन् । अन्ततः प्रचण्ड समूहको हैसियत त्यसबेलै देखिएको हो । यतिबेला प्रचण्डलाई वामदेव गौतमको साथ थिएन ।
तर, अहिले उनी प्रचण्डतिर छन् । त्यसैले पनि गम्भीर निर्णय लिने हो कि भन्ने ओली समूहलाई पनि डर छ । त्यही भएर ओली समूहका केही नेता प्रचण्ड र माधवकुमार नेपालसँग दैनिक भेटघाटमा छन् ।
स्रोतका अनुसार यसपटक ओलीले बैठक बोलाउन नमाने बहुमत सदस्यको निर्णयबाट उनलाई हटाउने निष्कर्ष निकालिको छ । पार्टी विभाजन रोक्न पनि यही एउटा विकल्प मात्र बाँकी रहेको प्रचण्ड पक्षको ठहर छ ।
तर, प्रचण्डका निकट रामबहादुर थापा बादलले ओलीलाई साथ दिएकाले अलि समस्या भएको बुझाई खुमलटार र भैंसेपाटीको रहेको बताइन्छ ।
प्रचण्ड र नेपाल समूहले केन्द्रीय सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली तयार नभए बहुमतीय विधिबाट अघि बढ्ने सन्देश पनि दिइसकेका छन् ।
केन्द्रीय कार्यालय, धुम्बाराहीमा शुक्रबार बसेको सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकमार्फत त्यस्तो सन्देश दिएको हो । नौ सदस्यीय सचिवालयमा पाँचजना प्रचण्डसँग छन् भने ओलीसँग चारजना सदस्य छन् । बादल पछिल्लोपटक खुमलटारमा भएको ओलीविरुद्धको भेलामा भने सहभागी थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।