काठमाडौं - नेकपामा नेताहरुबीच विवाद उत्कर्षमा पुगेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेर फर्केका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि आफू वार्ता गर्न बालुवाटार नजाने घोषणा गरेका थिए ।
सो घोषणा गरेको भोलिपल्टै शुक्रबार प्रचण्डले सचिवालय बैैठक बोलाएका छन् । प्रचण्डले पार्टी सचिवालयको बैठक धुम्बाराहीस्थित नेकपा मुख्यालयमा बस्ने गरी डाकेका छन् । प्रचण्डले अर्का अध्यक्ष केपी ओलीलाई आमन्त्रण गरेका छैनन् ।
सचिवालय बैठकले गम्भीर निर्णय गर्नसक्ने भन्दै ओलीले बैठकमा नजाने बताइसकेका छन् । तर, प्रचण्डले सचिवालय बैठकमा ईश्वर पोखरेललाई पनि निमन्त्रणा गरेको बताइएको छ । पोखरेल ओली पक्षका छन् ।
प्रचण्डले बोलाएको सचिवालय बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल नजाने बताइएको छ । अचेल बादल ओली निकट पुगेका छन् । सचिवालय बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ भने उपस्थित हुने बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।