काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तिरिक शक्ति संघर्षको द्वन्द्वले देशमा अस्थिरता निम्तिने खतरा बढेको छ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेपछि त्यसको विरोध गर्दा उनी पार्टी नै फुटाउन सक्ने अवस्थामा पुगेको बताइएको छ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको विवादका कारण केपी ओलीले अहिले दुई वटा काम गरेर देशमा अस्थितरता निम्त्याउने खतरा बढेको छ।
ओलीले गर्नसक्ने सम्भावित कामहरु
१ं) प्रचण्डले यो बीचमा रातारात अध्यादेश ल्याएर पार्टी फुटाउने सक्ने
२ं) संविधानमा व्यवस्था नै नभए पनि संसद बिघटन गर्न राष्ट्रपति आफू नजिकको भएकाले उनलाई सिफारिस गर्न सक्ने र त्यसपछि गैरसंवैधानिक कदम चाल्दा आउनसक्ने मुद्दाबाट पन्छिन आफ्नै नेतृत्वमा चुनाव गराउने
ओलीले यी कदम चाल्न सक्ने सुइँको पाएका प्रचण्डले आज पेरिसडाँडामा वरिष्ठ नेता माधवकुमार नेपाललाई साक्षी राखेर पार्टीका कानुन व्यवसायीहरुसँग छलफल गरेका छन्। ओलीले गर्नसक्ने सम्भावित कानुनी विषयहरु बुझेर प्रचण्ड ओलीलाई भेट्न वालुवाटार पुगेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।