बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपा विवाद मिलाउन सक्रिय भए चिनियाँ एजेन्टहरु

नेकपा विवाद मिलाउन सक्रिय भए चिनियाँ एजेन्टहरु

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 18.4K
    SHARES

  • नेकपा विवाद मिलाउन सक्रिय भए चिनियाँ एजेन्टहरु

    काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद बल्झिएर फुटको स्थितिमा पुगेको बेला फेरि चिनियाँ एजेन्टहरुक सक्रियता बढेको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीकै निर्देशनमा एकता भएको भनिएका तत्कालीन एमाले र तत्लकालीन माओवादीबीच अहिले फुटको स्थिति सिर्जना भएको छ ।

    नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई अब अलग-अलग बाटो जानुपर्ने प्रस्ताव गरेपछि पूर्वमाओवादी शसंकित बनेको हो ।

    यही अवस्थामा पार्टी एकतालाई जोगाउन चिनियाँ एजेन्टहरु, चीन समर्थित व्यापारीहरु दीपक भट्ट, दीपक मलहोत्रा, सुरज वैद्यलगायतले चिनियाँ कूटनीतिज्ञहरु र नेकपाका नेताहरुबीचको संवादलाई सघन बनाएका छन् ।

    उनीहरुले चिनियाँ दूतावासको सन्देश ओली र प्रचण्डलाई पुर्‍याउने र अहिलेको पार्टी फुटको स्थितिबाट जोगाउन लागिरहेका छन् । उनीहरुले यही दोस्रो चरणका नेताहरुलाई भेटेर समेत चीनले अहिले पार्टी फुटाउन नहुने दबाब दिएको सन्देश प्रवाह गरिरहेका छन् ।

    यसका साथै उनीहरुले माओवादी नेतासमेत रहेका उपराष्ट्रपति नन्दबहादुर पुन, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, अग्‍नी सापकोटालगायतलाई दबाब दिएर पार्टी फुट्‌नबाट जोगाउने प्रयास गरिरहेका छन् ।

    उपराष्ट्रपति पुनका छोरा दीपेश पुन, गृहमन्त्री थापाका छोरा प्रतिक थापा, थापाका सल्लाहकार इन्द्रजित राइका छोरा निरज राइ, बामदेव गौतमका छोरा हरिश गौतम, कृष्णबहादुर महराका छोरा राहुल महरा, झलनाथका छोरा निर्भिक चित्रकार खनालको व्यापारिक साझेदार भएको र चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा काम गर्ने बेलामा उनीहरुले पार्टी एकता फुटाउन नहुनेभन्दै दबाब दिइरहेका छन् ।

    उनीहरुले आफ्ना बाबुलाई पार्टी एकता जोगाउनुपर्ने दबाब चीनमार्फत दिइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend