बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

अल्पमतमा पर्ने भएपछि ओली सचिवालय बैठक बोलाउनबाट हच्के, प्रचण्डले त्यत्तिकै नछाड्ने

अल्पमतमा पर्ने भएपछि ओली सचिवालय बैठक बोलाउनबाट हच्के, प्रचण्डले त्यत्तिकै नछाड्ने

  • मिडिया डबली
  • आइतवार, कार्तिक १६ २०७७

  • 8.3K
    SHARES

  • अल्पमतमा पर्ने भएपछि ओली सचिवालय बैठक बोलाउनबाट हच्के, प्रचण्डले त्यत्तिकै नछाड्ने

    काठमाडौं - नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १२औँ दिनमा संवाद भयो ।

    कर्णाली विवाद समाधानबारे कात्तिक ४ गते बिहान भेट र साँझ टेलिफोनमा तिक्ततापूर्ण कुराकानी गरेका ओली–प्रचण्डबीच मनमुटाव बढेको थियो । त्यसपछि दुवैबीच १२ दिनसम्म कुराकानी हुन सकेन । प्रचण्ड बालुवाटार नै गएनन् ।

    शनिबार बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच डेढ घन्टाभन्दा बढी कुराकानी भएको थियो । प्रचण्डले पार्टीमा देखिएका विवाद समाधान गर्न सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए ।

    तर, सचिवालय बैठक बोलाउने विषयमा भने ठोस सहमति हुन सकेन । प्रचण्डले पार्टीभित्र देखापरेका पछिल्ला समस्या र असमझदारीका विषयमाथि केन्द्रीय सचिवालय बैठकमा छलफल गर्न प्रस्ताव गरेका थिए ।

    कर्णाली प्रदेशको समस्या, भारतीय गुप्चतर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलको नेपाल भ्रमण, पर्सा झडपमा मुकेश चौरसियाको हत्या तथा कोभिड– १९ को समस्याका विषयमा केन्द्रीय सचिवालय बैठकको एजेन्डा बनाएर छलफल गर्नुपर्ने प्रचण्डको प्रस्ताव थियो ।

    तर, प्रचण्डको त्यस्तो प्रस्तावप्रति प्रधानमन्त्री ओलीले ठोस जवाफ नदिएको बताइन्छ । यसपटक सचिवालय बैठकमा ओली अल्पमतमा पर्ने देखिएको छ । नौ सदस्यीय सचिवालय बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ ओलीसँग पहिल्यैदेखि असन्तुष्ट छन् ।

    यसपटक उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड समूहमा प्रवेश गरेकाले ओलीले सचिवालय बैठक नबोलाउने नीति लिएका हुन् । नेकपाका अधिकांश नेताहरुले सचिवालय बैठक बोलाउन दबाब दिइरहेका छन् ।

    तर, यसचोटि प्रचण्ड समूहले त्यसै नछाड्ने नीति लिएको छ । प्रचण्ड र नेपाल समूह मिलेमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय समिति सबैमा ओली अल्पमतमा पर्ने स्पष्ट छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend