काठमाडौँ- कर्णाली प्रदेशको विवाद चर्किएर लामो समयदेखि प्रत्यक्ष छलफल हुन नसकिरहेको बेला शनिवार संवादहीनता तोड्दै नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
ओलीको आग्रहमा प्रचण्ड छलफलका लागि दिउँसो सवा १ बजे बालुवाटार पुगेका छन् । दुवै अध्यक्षबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
पछिल्लो समय राजदूत सिफारिस, मन्त्रिपरिषद् पुनर्गठन र कर्णाली विवादमा ओलीको भूमिकाप्रति प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । विवाद बढेपछि दुई अध्यक्षबीच ११ दिनयता संवादसमेत हुन सकेको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।