काठमाडौं - प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीमा अविश्वासको प्रस्ताव ल्याउने हल्ला चलेसँगै प्रचण्ड निवास खुमलटारमा नेकपा नेताहरूको ताँती लाग्न थालेको छ ।
सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा तिक्तता आएपछि अहिले बालुवाटारका विशेष दूत प्रचण्डकहाँ धाउन थालेका हुन् ।
बिहीबार र शुक्रबार मात्रै प्रधानमन्त्री ओलीका तीन विश्वास पात्र विष्णु पौडेल, सुवासचन्द्र नेम्बाङ र शंकर पोखरेलले प्रचण्डलाई भेटेका हुन् । प्रचण्डले अब ओलीसँगका हरेक हिसाब किताब पार्टीको बैठकमै हुने चेतावनी दिएपछि बालुवाटारमा हलचल मच्चिएको छ ।
यही बीचमा ओलीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आउने चर्चा चलाइएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर प्रचण्डले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको सुइँको पाएपछि ओली संकटमा परेका हुन् ।
कात्तिक ४ गतेयता मात्रै ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेटघाट गरी प्रचण्डलाई तह लगाउनुपर्ने भन्दै सहकार्यको प्रस्ताव राखेका थिए ।
तर, नेता नेपालले ओलीलाई सच्चिएर अघि बढ्न सुझाव दिँदै आएका छन् । उता, वामदेव गौतम पनि ओलीसँग चिढिएका छन् । त्यसैले केही दिनभित्र नेकपामा उथलपुथल हुने सम्भावना बढेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।