आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

नेकपा जिल्ला सचिवालय सदस्य केसी कांग्रेसमा प्रवेश, नेकपामा सन्नाटा

नेकपा जिल्ला सचिवालय सदस्य केसी कांग्रेसमा प्रवेश, नेकपामा सन्नाटा

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १३ २०७७

  • 15.0K
    SHARES

  • नेकपा जिल्ला सचिवालय सदस्य केसी कांग्रेसमा प्रवेश, नेकपामा सन्नाटा

    ललितपुर - नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का ललितपुरका जिल्ला सचिवालय सदस्य गणेश केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    बिहिबार एक कार्यक्रमका बीच कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काको निवास महाराजगंजमा केसी कांग्रेसमा प्रवेश गरेको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले मिडिया डबलीलाई जानकारी दिए।

    केसी कांग्रेसमा प्रवेश गरेसँगै दक्षिण ललितपुरमा कांगेसको उपस्थिति दरिलो हुने महर्जनको भनाई छ । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला सभापति मदन बहादुर अमात्य, खेलकुद विभाग केन्द्रीय सचिव मीनकृष्ण महर्जन, १ क प्रदेश सभापति सुन्दरमान थिङ,आमन्त्रित जिल्ला सदस्य ऋषिदेव फुयाल, बागमती गाउपालिका प्रवक्ता विष्णुप्रसाद तिमल्सिना लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    गतस्थानीय तहको चुनावमा महांकाल गाउँपालिकामा कांग्रेसको तर्फबाट पालिकाको टिकट नदिएपछि रुष्ट बन्दै केसी विद्रोही रुपमा अध्यक्षको रुपमा उठेका थिए । चुनावपछि माओवादी केन्द्रमा प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय आयोजक समिति सदस्यमा मनोनित भएका थिए ।

    पछि पूर्वा नेकपा (एमाले) र माओवादी केन्द्र बीच एकीकरण भएपछि नेकपाको जिल्ला सचिवालय सदस्यमा चयन भएका थिए । हाल केसी महांकाल गाउँपालिकाको नेकपाको इन्चार्जसमेत हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend