बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

ओली र प्रचण्डबीच संवाद ठप्प, अब पार्टीको बैठक पनि नबस्ने

ओली र प्रचण्डबीच संवाद ठप्प, अब पार्टीको बैठक पनि नबस्ने

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १३ २०७७

  • 7.1K
    SHARES

  • ओली र प्रचण्डबीच संवाद ठप्प, अब पार्टीको बैठक पनि नबस्ने

    काठमाडौं - सत्तारुढ नेकपाभित्र चरम गुटबन्दी बढेपछि केन्द्रीय समितिको बैठक नै स्थगित भएको छ ।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीच टकराव बढ्दा स्थिति असामान्य ढंगले विकसित भइरहेको छ । नेकपाको अन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा निर्धारित केन्द्रीय समितिको बैठक स्थागित गरिएको हो ।

    तयारी नपुगेको भन्दै बहाना बनाइए पनि रहस्य भने अर्कै रहेको बताइन्छ । यसअघि कात्तिक १५ देखि १७ गतेसम्म बैठक बस्ने भनिएको थियो, अब मंसिर १५ देखि बस्ने गरी बोलाइएको छ ।

    तर, प्रधानमन्त्री ओलीले आफ्ना विरोधीलाई तह लगाउन बैठक सारेको सारै गर्ने नीति लिएको स्रोतले बताएको छ । कर्णाली प्रदेशको विवाद र प्रदेश २ को वीरगञ्जमा भएको हत्या प्रकरणले नेकपा उठ्नै नसक्ने गरी थला पर्ने देखिएको छ ।

    पटक–पटकका छलफलमा प्रचण्ड, माधवकुमार नेपाललगायतको असहमति कायमै रहेको र कर्णाली विवाद चर्किएको अवस्थामा प्रधानमन्त्री ओलीले प्रचण्डको इच्छाविपरित असोज २८ गते मन्त्रिपरिषद्मा हेरफेर, नियुक्ति र कार्यविभाजनको निर्णय गरेका थिए। लगत्तै प्रचण्डले आपत्ति जनाएका थिए ।

    ओली र प्रचण्डबीच टकराव बढ्दै गएपछि महासचिव विष्णु पौडेलको दौडधूप बढेको छ । अर्थमन्त्री भएर सरकारको काम गर्नुपर्नेमा उनी कहिले बालुवाटार त कहिले खुमलटार गर्दैमा व्यस्त देखिएका छन् ।

    ओलीले मंसिरमा पनि पार्टी बैठक नराख्ने अडान लिएकोमा पौडेलकै आग्रहमा नयाँ मिति तय गरिएको नेकपा नेताहरूको भनाइ छ । त्यसका लागि पौडेलले मंगलबार ओली र बुधबार बिहान प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend