काठमाडौं - सत्तारुढ नेकपाको जहाज दुर्घटना उन्मुखको दिशाबाट अघि बढेको छ । पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुनः टकराव देखिएपछि नेकपामा दुर्घटना अवश्यम्भावी हुने विश्लेषण गर्न थालिएको छ ।
तीन वर्षअघि बडा दसैंका दिन तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्ने सहमति भएको थियो । दसैंका बेला भएको यो घटनाबारे तत्कालीन कांग्रेस सरकार अनभिज्ञ देखियो ।
अहिले तीन वर्षपछि दसैंका बेला नेकपामा विवाद देखिएको छ । यसले नेकपा कतै विभाजन त हुन होइन भनेर शंका गर्न थालिएको छ । बिहीबार बिहान नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पनि त्यस्तै संकेत गर्न थालेका छन् ।
उनले जहाज दुर्घटना हुन थालेको कि पाइलट कमजोर भए भन्दै नेताहरूप्रति शंका गरेका छन् । पाइलटकै कारण जहाजमा बस्ने यात्रुलाई साह्रै डर लागेको भन्दै रिजालले दुर्घटना हुने पूर्वाभास भएको संकेत गरेका छन् ।
‘फेरि जहाज हल्लिन थाल्यो, पाइलट थाकेको हो कि मौसम बदलिएको हो ? गन्तब्यभन्दा लामो उडान भर्दाका जोखिम त सबैलाई थाहै हुनुपर्ने हो । यस्तो बेला पछाडि बसेका यात्रुलाई असाध्यै डर लाग्छ,’ उनले लेखेका छन् ।
नेकपामा अहिले माधव नेपाल केन्द्रविन्दुमा छन् । प्रचण्डले पेल्दा केपी ओली माधव नेपालको शरणमा त केपी ओलीले पेल्दा प्रचण्ड माधव नेपालको शरणमा पुग्ने गरेका छन् ।
कर्णाली प्रदेशमा देखिएको विवाद बढ्दै गएमा नेकपामा सरकारको नेतृत्व नै परिवर्तन हुने हो कि भन्ने विश्लेषण पनि गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।