सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड नियति : केपी ओलीसँग मच्चिने मच्चिने अन्तिममा थच्चिने

प्रचण्ड नियति : केपी ओलीसँग मच्चिने मच्चिने अन्तिममा थच्चिने

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०७७

  • 7.1K
    SHARES

  • प्रचण्ड नियति : केपी ओलीसँग मच्चिने मच्चिने अन्तिममा थच्चिने

    काठमाडौं -  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले दाह्रा र नंग्रा खिइएको अवस्थामा पुगेका छन् ।

    कुनै बेला प्रधानमन्त्री बनाउन र हटाउन सक्ने शक्तिशाली प्रचण्डको नियति अहिले एउटा सानो नियुक्तिका लागि पनि प्रधानमन्त्री केपी ओलीसँग भिख माग्नुपर्ने अवस्थामा पुगेका छन् ।

    प्रचण्डले ओलीलाई तीन मन्त्री नियुक्ति गर्न भनेको एक महिना बितिसक्यो, तर उनले टेरेका छैनन् । बरु हरेक दिन प्रचण्डलाई बालुवाटार तारिख धाउने अवस्थामा पुर्याइदिएका छन् ।

    त्यति मात्र होइन, ओलीले अहिले प्रचण्डकै समूहका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, प्रभु साहलगायतलाई आफ्नो कित्तामा सामेल गरिसकेका छन् ।

    आफ्नो हैसियत अहिले क्रमशः कमजोर भएकाले पनि प्रचण्डले सुरुमा केपी ओलीविरुद्ध विभिन्न फन्डा फाल्ने र अन्तिममा केही सीप नचलेपछि थच्चिने गरेको भन्दै उनलाई आफ्नै समूहका नेताले विश्वास गर्नसमेत छाडेका छन् ।

    स्रोतका अनुसार पूर्वमाओवादी पक्षका धेरै नेता कार्यकर्ता अहिले बालुवाटारबाट कहिले फोन आउला र नियुक्ति पाउँला भनेर कुरेर बसेका छन् । यही अवस्था रहेमा आगामी एकता महाधिवेशनमा पूर्वमाओवादी सबै एमालेकरण भइसक्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend