काठमाडौं- खाली एलपी ग्यास सिलिण्डरको मुल्य देशव्यापी (उच्च पहाडी र हिमाली जिल्लाबाहेक)रुपमा तोकेको छ । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकेको हो ।
अपवाद बाहेक कसैले यो मुल्यभन्दा बढी तोकेकमा गैर कानुनी हुनेसमेत संघले जनाएको छ । उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पनि विगतमा एकै प्रकारको सिलिण्डरको मूल्य फरकफरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने गरी सिलिण्डरको मूल्य तोकिनु उपभोक्ताको दृष्टिकोणले उचित भएको बताएका छने् ।
यसबाहेक संघले विगतमा किनिएका सिलिण्डरहरुको बिल किनिएको पसलबाट बनाइमाग्न समेत आग्रह गरेको छ । विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिण्डरको बिल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनुपर्नेमा उपभोक्ताकर्मीको जोड छ ।
अहिलेसम्म बिक्री भएका सिलिण्डरको बिल कसले दिने हो भन्ने सम्बन्धमा नेपाल एलपी ग्यास उद्योगसँगले समन्वयकारी भूमिका खेल्नुपर्ने उपभोक्ताकर्मी तिमिल्सिनाले बताए।
संघको गत शुक्रबार बसेको साधारणसभाले सिलिण्डरको धरौटी तोकेको हो। तर यसअघि उपभोक्ताको घरमा पुगेका सिलिण्डरको हकमा कसरी बिल जारी गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरेन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।