काठमाडौं - हरेक दिनजसो प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहन्छ ।
नेकपा अध्यक्षद्वयबीच कुन मन्त्री राख्ने, कुन मन्त्री हटाउने विषयमा छलफल हुने गर्छ । तर जब सचिवालय बैठक बस्छ, तब मन्त्री फेर्ने कुरा गर्नै ओली र प्रचण्ड डराउँछन् । मंगलबारको सचिवालय बैठकमा पनि त्यस्तै दृश्य दोहोरियो ।
ओली र प्रचण्डबीच कम्तीमा तीन मन्त्री हिजो नै नियुक्ति गर्ने आन्तरिक सहमति भएको नेताहरुले बताउँदै आएका थिए । तर, हिजो लामो समयसम्म बसेको सचिवालय बैठकमा मन्त्री फेर्ने विषयमा कुनै कुरा नै उठेन ।
सचिवालय बैठकमा धेरै समय डा.गोविन्द केसीको अनसनबारे छलफल भएको थियो । त्यस्तै अमेरिका र बेलायतको राजदूत नियुक्तिको विषयमा गलफत्ती भएको थियो ।
प्रधानमन्त्री ओलीले परेको पछि बेहोरौला भन्दै युवराज खतिवडा र लोकदर्शन रेग्मीको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ समितिमा पठाउने सहमति भएको थियो ।
मंगलबार दिनभर तीन मन्त्री नियुक्ति हुने चर्चा थियो । विष्णु पौडेल अर्थमन्त्री, जनार्दन शर्मा सञ्चारमन्त्री र सहरी विकास मन्त्री सुरेन्द्र पाण्डेलाई बनाउने बताइएको थियो । तर, सचिवालय बैठकमा कुनै नेताले केही उच्चारण नगरेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।