काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले आफूलाई कोरोना पोजेटिभ देखिएपछि फेसबुकमा लेखेर आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छन्।
असोज १९ गते नेपाली कांग्रेसको केन्द्रीयसमिति बैठक बस्नु अघि नेताहरुको पीसीआर परीक्षण गरिएको थियो। पार्टी कार्यालयमा असोज १५ गते स्वाब बुझाएका थापाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
थापाले अहिले आफू घरमै आइसोलेसनमा रहेको पनि बताएका छ्न। ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ,’ थापाले भनेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले घरमै आइसोलेसनमा छु। यसबीचमा मेरो सम्पर्कमा रहनु भएका सबैले जिगता अपनाउनु हुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न अनुरोध गर्दछु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।