काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज गरेका तीन निर्णयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट रहेका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट शंकरदास बैरागी मुख्य सचिव, डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूत, लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मा नियुक्ति सिफारिसको निर्णय गरेका हुन् ।
तर, यो निर्णयमा अर्का अध्यक्ष दाहालको भने असन्तुष्टि रहेको स्रोतको दाबी छ । खतिवडा बाहेक पङ्क्ति बाहिरका व्याक्तिहरुलाई महत्वपूर्ण पदमा नियुक्त गर्न ओलीको एक्लौटी निर्णय हुनुमा दाहाल गम्भीर बनेका छन् ।
यो कुरालाई नेकपाभित्र फेरि असन्तुष्टि बढ्ने निश्चित रहेको स्रोतको दाबी छ । यसरी ओलीले पहिला गरेको एक्लौटी निर्णयबाट बल्लतल्ल उम्केका ओलीलाई यो पटक झन ठक्कर लाग्ने भएको छ । ओलीले महत्वपूर्ण नियुक्तीका विषयमा पार्टीभित्र समेत छलफल नगरेको बताइएको छ ।
गत, २६ गते बसेको स्थायी कमिटीको बैठकले सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने निर्णय गरेको थियो।
योसँगै मन्त्रिपरिषद् पुर्नगठनका विषयमा ओली र दाहालबीच भेटवार्ता समेत अनिश्चितरुपमा थन्किएको छ । मन्त्रिमण्डल पुर्नगठनका विषयमा समेत ओलीले आफ्नै मर्जी गर्न खोज्दा ओली र दाहालबीच सहमति हुन नसकेको अवस्था छ ।
स्रोतका अनुसार अहिलेको निर्णयमा अध्यक्ष दाहाल पूर्णरुपमा असन्तुष्ट छन् र यो असन्तुष्टिले मन्त्रिमण्डल पुर्न गठनका विषयमा फेरि नयाँ मोड आउन सक्ने स्थिती देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।