आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेलले ओलीलाई दिए चेतावनी, बालुवाटारमा तनाव

रामचन्द्र पौडेलले ओलीलाई दिए चेतावनी, बालुवाटारमा तनाव

  • मिडिया डबली
  • बिहिवार, आश्विन १५ २०७७

  • 6.5K
    SHARES

  • रामचन्द्र पौडेलले ओलीलाई दिए चेतावनी, बालुवाटारमा तनाव

     काठमाडौं - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मन्त्रालय नफुटाउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।

    बिहीबार सामाजिक सञ्जालमार्फत पौडेलले त्यस्तो चेतावनी दिएका हुन् । आफ्नो सुविधाका लागि प्रधानमन्त्री ओलीले मौजुदा मन्त्रालय फुटाए कांग्रेस सरकारविरुद्ध आन्दोलनमा उत्रिने उनको भनाइ छ ।

    कम्युनिस्ट सरकार देशको ढुकुटी सिध्याउने खेलमा लागेको र मनपरी ढंगले कार्यकर्ता भर्ती गर्न खोजेको भन्दै उनले आपत्ति जनाएका छन् । ‘देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो । देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन् । कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था छ । जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकीरहेको अवस्थामा फेरी मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर बिरोधमा हामी उत्रने छौं,’ पौडेलले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend