काठमाडौं - सरकारले लामो समय रिक्त रहेका तीन विश्व विद्यालयमा उपकुल पति नियुक्ति गरेको छ। पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर प्रेमनारायण अर्याल नियुक्त भए। उनले हिजो बुधबार नियुक्ति पत्र बुझेका हुन्।
त्यस्तै नेपाल संस्कृत विश्व विद्यालयमा प्राध्यापक डाक्टर यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्व विद्यालयमा प्राध्यापक डाक्टर पूण्यप्रसाद रेग्मीलाई उपकुलपति बनाएको हो। पोखरा विश्व विद्यालयको नयाँ उपकुल पति बनेका अर्याल कांग्रेस निकट हुन्।
तीन विश्व विद्यालयमा उपकुल पति नियुक्ति गर्दा ओलीले देउवालाई एक विश्व विद्यालय कांग्रेसको भागमा राखेका हुन्। सोही अनुसार देउवाले आफू निकटका प्राध्यापक डाक्टर अर्याललाई सिफारिस गरेका हुन्। संस्कृत विश्व विद्यालयका लामिछाने सत्तारुढ दल नेकपाकामा पनि प्रधानमन्त्री केपी ओली निकटका हुन् भने कृषि तथा वन विज्ञानका रेग्मी नेकपाकै तर अध्यक्ष पुष्पकमल दाहल निकटका हुन्। रेग्मी यस अघि कर्णाली प्रदेशको योजना आयोगका उपाध्यक्ष नियुक्त भएका थिए। एकवर्ष पछि तीन वटा विश्व विद्यालयलले उपकुलपति पाएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।