काठमाडौं- यतिबेला नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिमण्डल पुर्नगठनको छलफलमा छन् । ओली र प्रचण्डको छनोटमा भाइसभर्सा भएपछि मन्त्रिपरिषद् पुर्नगठनको टुंगो लाग्न सकेको छैन् ।
पूर्व माओवादी एवं कुनै बेला प्रचण्डका निकट पात्रहरु अहिले ओलीको गुडलिस्टमा परेका छन् । प्रचण्डबाट टाढिएका उनीहरुलाई प्रचण्ड हटाउन चाहन्छन् तर, ओली निरन्तरता दिन र थप्न चाहन्छन् ।
यसो हुँदा, दुई अध्यक्षबीच छलफल टुंगोमा लाग्न नसकेको बाइएको छ । ओलीले मन्त्री बनाउन चाहेकामा उपप्रधानमन्त्री भइसकेका टोपबहादुर रायमाझी र मन्त्री भइसकेका हरिबोल गजुरेल छन् । कुनै बेला प्रचण्डको निकटका मानिने गजुरेल अहिले ओलीको गुड लिस्टमा छन् ।
त्यस्तै ओलीले प्रचण्डको साथ छाडिसकेका लेखराज भट्ट र गृहमन्त्री रामबहादुर थापा बादललाई निरन्तरता दिन चाहेका छन् ।
भट्ट जस्तै बादलले पनि प्रचण्ड गुट परित्यागको घोषणा गरिसकेको अवस्था छ । प्रधानमन्त्री ओली संकटमा पर्दा निकै साथ दिनेमा रायमाझी, गजुरेल र भट्ट रहेका हुँदा ओलीले यी नेताहरुलाई प्राथमिकतामा राखेका छन् ।
तर, प्रचण्ड भने हिजोको अन्तरसंर्घषमा आफूलाई सहयोग नगर्ने मन्त्रीलाई फिर्ता बोलाउने र आफ्नो घेराभन्दा बाहिर जानेलाई मन्त्री नबनाउने तोकतामा छन् ।
पुरानाहरूको भर नभएका कारण नयाँलाई मन्त्री बनाउने रणनीतिमा रहेका प्रचण्डलाई अहिले ओलीले रोकिरहेका छन् । यसरी दुई अध्यक्षबीच आफ्नो पक्षको तानातान गर्दा मन्त्रिमण्डल पुर्नगठनको टुंगो लाग्न सकेको छैन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।