काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बुधबारका लागि तय भएको पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाट स्थगित गरेका छन् ।
मंगलबार ओली र प्रचण्डबीच दुई घन्टा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । प्रचण्डले सबै मन्त्री फेर्नुपर्ने, कहिले गृहमन्त्री रामबहादुर थापा बादल र आपूर्तिमन्त्री लेखराज भट्टलाई हटाउनुपर्ने, मेलम्चीको खानेपानी नआएसम्म बुहारी विना मगरलाई हटाउन नपाइने जस्ता फरक फरक अडान राख्न थालेपछि ओलीले प्रचण्डलाई भेट्न अस्वीकार गरेका हुन् ।
ओलीले प्रचण्डलाई नभेट्ने भएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन टर्ने संकेत देखिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले कुनै हालतमा पनि सबै मन्त्री फेर्नुपर्ने प्रस्ताव गरेका थिए ।
यसमा वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहमत भएको प्रचण्डको भनाइ थियो । तर, ओली कुनै पनि हालतमा सबै मन्त्री हटाउने पक्षमा छैनन् ।
उनी कम्तीमा १० जना मन्त्री फेर्नुपर्ने पक्षमा छन् । तर, मन्त्रीकै नामको विषयलाई लिएर फेरि ओली र प्रचण्डबीच टसल सुरु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।