सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पूर्व माओवादीबाट मन्त्री भएका थापा र भट्ट ओली गुटमा, प्रचण्ड पर्याे आपत !

पूर्व माओवादीबाट मन्त्री भएका थापा र भट्ट ओली गुटमा, प्रचण्ड पर्याे आपत !

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 5.9K
    SHARES

  • पूर्व माओवादीबाट मन्त्री भएका थापा र भट्ट ओली गुटमा, प्रचण्ड पर्याे आपत !

     काठमाडौं - नेकपामा मन्त्रिपरिषद पुनर्गठनको तयारी राफतापले चलिरहेको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल हेरफेर गर्ने सहमतिमै नेकपाको विवाद मिलेको थियो। मन्त्रिमण्डल हेरफेरमा पनि प्रचण्डलाई आपत आइलागेको छ।

    केपी शर्मा ओलीले प्रचण्डलाई नामै किटेर गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई कुनै हालतमा म हटाउन चाहन्न भनेपछि प्रचण्डलाई आपत परेको हो। थापा र भट्ट पूर्व माओवादी हुन्। अझ भनौँ प्रचण्डका निकट थिए। अहिले ओली गुटमा गइसके। नेकपाभित्र आन्तरिक शक्ति संघर्ष चर्कंदा प्रमुख नेताहरुले नै आफूलाई एक्ल्याएर संकटमा पारेका बेला साथ दिएको भन्दै ओलीले थापा र भट्टलाई पुनर्गठित टिममा समेत सामेल गराउने मनस्थिति बनाएको उच्च स्रोतले जनाएको छ।

    प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै राम्रोसँग नचलाएको भनी पार्टीको सचिवालय र स्थायी समितिमा उनको राजीनामा माग भएको बेलामा थापा र भट्टले केपी शर्मा ओलीलाई नै काम गर्न दिनुपर्ने अडान राखेका थिए। प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटिमा अधिकांशले राजीनामा दिनुपर्ने अडान राखेर ओलीलई एक्लो बनाउँदा उनै थापा र भट्टले ओलीलाई साथ दिएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend