काठमाडौं - नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध प्रस्ताव दर्ता गर्ने भएको छ ।
आफ्नो विरोध हुँदाहुँदै पनि केन्द्रीय वभाग गठन गरेको भन्दै पौडेल पक्षले आज सभापति देउवाविरुद्ध पार्टी कार्यालयमा विरोध प्रस्ताव दर्ता गर्दैछ ।
दिउँसो साढे १ बजे केन्द्रीय सदस्यद्वय नविन्द्रराज जोशी र दीपक गिरीले विरोध प्रस्ताव दर्ता गराउन लागेका हुन् । पछिल्लो समय संस्थापन र पौडेल पक्षबीच किचलो उत्पन्न भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।