सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

दाङमा झुक्किएर कांग्रेस प्रवेश गरेकाहरु नेकपामै फर्किए !

दाङमा झुक्किएर कांग्रेस प्रवेश गरेकाहरु नेकपामै फर्किए !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 6.1K
    SHARES

  • दाङमा झुक्किएर कांग्रेस प्रवेश गरेकाहरु नेकपामै फर्किए !

    काठमाडौं - दाङमा झुक्किएर नेपाली कांग्रेस प्रवेश गरेको नेकपाका कार्यकर्ताहरु फेरी नेकपामै फर्किएका छन्। गत असोज ३ गते दाङ देउखुरीको राप्ती गाउँपालिका २ स्थित हर्षेडाँडाका १९ जना नेकपाका कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए।

    उनीहरु अहिले पुन कांग्रेस छोडेर नेकपामै आएको बताएका छन्। त्यसबेला उनीहरुले आफूहरु झुक्किएको पनि भनेका छन्। उनीहरुले झुक्याएर कांग्रेस प्रवेश गराएको भनेर हाँस्यासपद अभिव्यक्ति दिँदै कांग्रेस छोडेका हुन्। अहिलेको सबैमा एक पार्टीको नीति सिद्धान्त छोडेर अर्काे पार्टीको नीति सिद्धान्त अबलम्बन गराउन लैजान कसरी सम्भव छ ? यो प्रश्नको विषय बनेको छ।

    राप्ती गाउँपालिकाका कांग्रेस सभापति दुर्याेधन पाण्डेले भने कोही कसैलाई झुक्याएर कांग्रेसमा प्रवेश नगरेको, कार्यक्रममा नलगेको, जबरजस्ती पार्टी प्रवेश नगराएको बताएका छन्। उनले नेकपाका कार्यकर्ताहरु आफूखुसी नै कांग्रेसमा आएको बताए। अहिले नेकपाको धम्की सहन नसकेकोले उनीहरु पुन नेकपामै फर्केको बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend