काठमाडौं - सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भइरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा अध्यक्षद्वय अोली र दाहालबीच मन्त्रिरिषद र संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्तिको विषयमा छलफल चलिरहेको छ।
गत आइतबार र मंगलबार बसेको नेकपाको सचिवालय बैठकले वर्तमान मन्त्रिमण्डल पुनर्गठन र संवैधानिक नियुक्तिका विषयमा ढिलो नगरी निर्णय गर्न प्रधानमन्त्रीलाई भनेको थियो। नेकपाको चर्काे विवाद मन्त्रीहरु हेरफेर गरेरै अघि बढ्ने सहमति गरेपछि केही मत्थर भएको छ। सोही सहमति अनुसार प्रचण्ड र ओलीले आफ्नो पक्षका केही नेतालाई मन्त्री बनाउनेछन्। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सोमबार पनि मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भउको थियो। भदो २६ को नेकपाको बैठकले विभिन्न मापदण्ड तोकेर मन्त्रिपरिषद विस्तार गर्ने निर्णय गरेको थियो।
आइतबार र मंगलबारको बैठकले भने दुई वर्ष मन्त्री भएर मन्त्रालयको नेतृत्व गरेकाहरुलाई हटाउने विषयमा पनि छलफल भएको थियो। दुई वर्ष कार्यकाल पुरा गरेका मन्त्रीहरु, अहिलेसम्म अवसर नपाएकालाई अबसर दिने विकल्पमा पनि छलफल भइरहेको छ। त्यस्तै सूचना प्रविधि मन्त्रालय, सहकारी विकास मन्त्रालय, अर्थमन्त्रालय खाली छ।
यस मध्ये अोलीले कसैलाई अर्थमन्त्री बन्न नदिनको लागि नै तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई आर्थिक सल्लाहकार बनाएर आफ्नो किचेन क्याबीनेटको सदस्य बनाइसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।