काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनतामाथि जवाफदेहिताको भुमिका निर्वाह नगरेको स्पष्ट पारेका छन् ।
नेता पौडेलले, सरकारले देश र जनताको हितमा काम गर्नुपर्ने हो तर, यसकाविपरित केपी शर्मा ओली नेतृत्वको नेकपाले पार्टीको हितमा माात्रै काम गरेर जनतामाथि षडयन्त्र गरेको टिप्पणी गरेका हुन् ।
वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘सरकार जनताको कि पार्टीको ? लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुने पनि सरकार पार्टीको पेवा हुँदैन, जनताको हुन्छ, ।’
नेता पौडेलले वर्तामान सरकारले संवैधानिक परिषद र न्याय परिषद तथा स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिसमेत पार्टीले आफ्नो अनुकूल बमोजिम गरेको बताएका छन् ।
उनले अघि भनेका छन्, ‘अहिले नेपालको कम्युनिष्ट पार्टीको चालामाला हेर्दा सरकार, संवैधानिक परिषद र न्याय परिषद तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरू समेत पार्टीले आफ्नो अनुकूलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम गर्नुपर्ने भन्ने कुरो आएको छ, यो भनेको संवैधानिक सर्वोच्चता होइन, सर्वसत्तावादतिरको तानावाना हो । देश र जनताप्रति होइन, नितान्त कम्युनिष्ट पार्टीप्रति जवाफदेही हुने प्रथा कम्युनिष्ट अधिनायकवादमा मात्रै हुन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।